• २०८१ बैशाख १२ बुधबार

म्यान्मारकी नेतृ सुकी र परराष्ट्रमन्त्री ज्ञवालीबीच भेटवार्ता 

kharibot

काठमाडौं । एसिया प्रशान्त शिखर समेलनका लागि नेपाल आएकी म्यान्मारकी स्टेट काउन्सिलर तथा प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ता भएको छ । 

सुकी सम्मेलनकै लागि आज काठमाडौं आएकी हुन् । क्रिश्चियन धर्मको प्रचारक संस्थाले आयोजना गरेको सम्मेलनमा आएकी उनको भ्रमणलाई सरकारले औपचारिकता दिएको थियो । सोही कारण उनले यहाँ उच्च पदस्थ नेताहरुसँग समेत भेटवार्ता गर्नेछिन् ।

यद्यपि धर्म प्रचार कार्यक्रममा आएका पाहुनालाई राजकीय सम्मान दिइएको र जनतालाई सास्ती दिएको भन्दै राप्रपा अध्यक्ष कमल थापा, कांग्रेस नेता गगन थापा लगायतले आपत्ति जनाएका छन् । सरकारले सम्मेलन अवधिभर राजधानी काठमाडौंमा जोरबिजोर प्रणालीमा सवारी चलाउन भनेको छ ।

जनताले भने निकै सास्ती व्यहोर्नुपरेको छ । उक्त सम्मेलनको सहआयोजक नै नेपाल सरकार रहेकोमा विरोध भएपछि सरकारले सामान्य सहयोग मात्र गर्ने भनेर हात झिकेको थियो । विभिन्न हिन्दूवादी संघसंस्थाले समेत सम्मेलनको खुलेर विरोध गरेका छन् । 

सम्मेलनले जिससकी छोरी घोषणा गर्ने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै