• २०८१ बैशाख ७ शुक्रबार

फिफा वरियतामा नेपाल एक स्थान तल, शिर्ष स्थानमा बेल्जियम कायमै 

kharibot

काठमाडौँ। फिफा वरियतामा नेपालको अवस्था एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६२औँ स्थानमा रहेको छ । गत महीना नेपाल १६१औँ स्थानमा थियो । 

फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एशियाली राष्ट्रमा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत र माल्दिभ्स क्रमशः ९७औ र १५२औँ स्थानमा रहेका छन् । भूटानले दुई स्थान सुधार गर्दै १८६, बङ्गलादेशले पनि दुई स्थान सुधार गर्दिया १९२  पाकिस्तान १९९ र श्रीलङ्का २०१औँ स्थानमा रहेको छन् । 

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम शिर्ष स्थानमा कायमै छ भने दोस्रो स्थानमा विश्वका विजेता फ्रान्स रहेको छ। त्यस्तै तेस्रोमा ब्राजिल, चौथोमा क्रोएशिया र पाँचौँ स्थानमा इङल्याण्ड रहेको छ । 

यस्तै पोर्चुगल एक स्थान सुधार गर्दै छैठौ स्थानआमा उक्लिएको छ भने एक स्थान तल झर्दै उरुग्वे सातौ , स्विट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दशौँ स्थानमा रहेका छन् । अर्जेन्टिनाले पछिल्लो वरियता भन्दा एक स्थान सुधार गदै ११औ स्थानमा उक्लिएको छ। 

विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताका आधारमा फिफाले प्रत्येक महीना वरियता सार्वजनिक गर्दै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै