• २०८१ बैशाख ८ शनिबार

ग्लोबल आइएमई बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

kharibot

काठमाडौं ।  ग्लोबल आइएमई बैंक र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रालिबिच यही मंसिर १३ गते अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

सम्भौतापत्रमा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका कार्यकारी अध्यक्षडा. सुदिप श्रेष्ठ रग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेकाछन ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ।

नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् । 

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले एक सय ३२ शाखा, एक सय ४१ एटिएम, छ वटा एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, एक सय चार वटा शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर तीन प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना नौ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै