• २०८१ बैशाख १३ बिहीबार

निर्मलाको समाचार रोक्न सरकारको प्रवक्तालाई रेबिज लागेको छ र ?

kharibot

काठमाडौँ। सुचना तथा प्रसारणमन्त्री गोकुलप्रसाद बास्कोटाले संचार माध्यामप्रति आक्रोस व्यक्त गरेका छन् । 

बिहिबार मन्त्रालयमा मन्त्रिपरिषदको निर्णय सार्वजनीक गर्ने क्रममा निर्मला पन्तको बलात्कारपछि हत्या भएको बिषयको समाचार सरकारी संचार माध्यममा सम्प्रेषण गर्ने कुरामा रोक लगाएको भन्ने बिषयलाई उठान गदै मन्त्री बास्कोटाले सरकारका प्रबक्तालाई रेबिज नलागेको बताएका छन्। उनले के सरकार प्रबक्तालाई रेविज लागेको छ ? र एउटी छोरी चेलीमाथि भएको अन्याय र अत्याचार भएको समाचार रोक्न, भन्दै संचार माध्यामप्रति कडा रुपमा प्रस्तुत भएका छन् । 

समाचार सम्प्रेषण मै रोक लाउन र यस खालको गैर जिम्मेवारी कुरा हुन नसक्ने भन्दै यस्ता कुरा नगर्न मन्त्री बास्कोटाले आग्रह गरेका छन् । यस्ता कुराले विश्वसनीयता र मिडिया जसरी विकसित भएको छ त्यसले समाजमा जुन प्रभाव पारेको छ, त्यो आफै धरासायि हुने भन्दै मन्त्री बास्कोटाले यस्तो कुरा साँच्चै पुष्टि आफू एक मिनेट पनि पदमा नबस्ने चुनौति समेत दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै