• २०८१ बैशाख १२ बुधबार

नेपाली सेनामा भर्ना गर्दा अनियमितता गर्ने २३ अधिकृतसहित १८७ जनाको कोर्ट मार्शल 

kharibot

काठमाडौँ। नेपाली सेनाले २०७३ र २०७५ सालमा नेपाली सेनामा विभिन्न पदहरुको भर्नामा भएको अनियमितता गर्ने २३ अधिकृतसहित १८७ जनालाई कोर्ट मार्शलको लागि सिफारिश गरेको छ 

२०७३ र २०७५ सालमा नेपाली सेनामा विभिन्न पदहरुको भर्नामा भएको अनियमितताको छानबिन गर्न गत जेठ ६ गते सहायक रथीको अध्यक्षतामा बसेको कोर्ट अफ ईन्क्वायरीले छानबिन गरी २३ अधिकृत सहित १८७ जना उक्त भर्ना प्रक्रियामा दोषी देखि जनरल समरी सैनिक अदालत (कोर्ट मार्शल) को लागि सिफारिस गरिएको थियो । 

सो कोर्ट अफ ईन्क्वायरीको आधारमा २०७५ कार्तिक ६ गते प्रधानसेनापतिको निर्देशन अनुसार उपरथीको अध्यक्षतामा ९ सदस्यीय जनरल समरी सैनिक अदालत गठन भई अदालती प्रकृया शुरु भएको थियो । सो सैनिक अदालतले मंसिर १३ गतेको मितिबाट लागू हुने गरी दोषीहरुबाट कूल विगो रकम            ३ करोड ३ करोड २२ लाख ७५ हजार राजस्व दाखिला हुने गरी फैसला सुनाएको छ । 

साथै सैनिक अदालतले निम्न बमोजिमको कारवाहीको फैसला समेत गरेको नेपाली सेनाले जनाएको छ। 

(क) २ (दुई) अन्य दर्जालाई ६ (छ) वर्ष कैद, विगो रकम राजस्व दाखिला र भविश्यमा सरकारी सेवामा अयोग्य ठहरीने गरी बरखास्त, 
(ख) २ (दुई) अधिकृत सहित ६ (छ) जनालाई ३५ (पैतिस) दिन देखि ३ (तीन) वर्षसम्म कैद, विगो रकम राजस्व दाखिला र भविश्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी बरखास्त,
(ग) १ (एक) जना अधिकृत सहित २ (दुई) जनालाई विगो रकम राजस्व दाखिला र भविश्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी बरखास्त,
(घ) १ (एक) अन्य दर्जालाई भविश्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी बरखास्त,
(ङ) १ (एक) अन्यदर्जालाई विगो रकम राजस्व दाखिला सहित ४ (चार) वर्ष बढुवा रोक्का,
(च) ५ (पाँच) अन्यदर्जालाई २ (दुई) देखि ५ (पाँच) वर्ष बढुवा रोक्का,
(छ) भर्ना हुँदा मापदण्ड विपरित भर्ना भएका १०१ ((एक सय एक) अन्यदर्जालाई भविश्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी बरखास्त,
(ज) ३७ (सैतिस) अन्यदर्जालाई भर्ना हुँदा आर्थिक लेनदेनमा संलग्न भएकोले ३ (तीन) वर्ष बढुवा रोक्का,
(झ) सैनिक ऐन अनुसार आफ्नो पदिय दायित्व पुरा नगर्ने अधिकृत १६ (सोह्र) सहित जम्मा १७ (सत्र) जनालाई सचेत गराईएको 
(ञ) ४ (चार) अधिकृत सहित आरोपित १४ (चौध) जनालाई सफाई दिइएको,
(ट) सेवारत १ (एक) अन्यदर्जालाई भर्ना भएको दर्जाबाट घटुवा गरी पहिलाकै दर्जा कायम गरिएको   छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै