• २०८१ बैशाख १३ बिहीबार

पुटिन र ट्रम्पबीच यसै साता भेटवार्ता हुने

kharibot

मस्को। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जी–२० शिखर सम्मेलनका क्रममा भेटवार्ता हुने भएको छ । 

उनीहरुबीच यसै हप्ता भेटवार्ता गर्ने योजना बनेको रुसी राष्टपतिको कार्यालय क्रेम्लिनले बिहीबार जनाएको छ । भेटका क्रममा उहाहरूले युक्रेनसँगको तनावका बारेमा छलफल गर्ने अधिकारीहरुले बताएका छन् । 

“भेटवार्ता हुने बारेमा वासिङ्टनले पुष्टि गरेको छ,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुसँग भने । 

पेस्कोभले जी–२० को शिखर सम्मेलन हुने अर्जेन्टीनामै उनीहरुको भेटवार्ता हुने जानकारी दिए । उनले आउदो शनिबार दिउसोतिर बैठक सुरु हुन सक्ने पनि बताए । 

“शीर्ष नेताहरूका बीचमा छोटो भेटवार्ता हुने कार्यक्रम रहेको छ, त्यो झण्डै एक घण्टाको हुन सक्छ,” उनले भने । 

पेस्कोभले नेताहरूबीचमा खुल्ला छलफलको आवश्यकता रहेकोमा जोड दिए । त्यस्तो छलफल क्षेत्रीय द्वन्द्व, दुई पक्षीय सम्वन्ध, रणनीतिक सुरक्षा र निशस्त्रिकरण लगायतका विषयमा हुने पनि उनले बताए । 

“यी विषयहरु केबल हाम्रा दुई देशका चासोका विषय मात्र नभई विश्वकै सरोकारको विषय भएकाले सहमति भएपनि नभएपनि छलफल हुन आवश्यक छ,” उनले भने । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै