• २०८१ बैशाख ७ शुक्रबार

फिल्म २.० लाई विश्लेषक र दर्शक दुवैको साथ, पहिलो दिन गर्यो रेकर्ड कलेक्सन

kharibot

मुम्बई । यस बर्षको सर्वाधिक प्रतिक्षीत बलिवुड फिल्म २.० ले रिलिजको पहिलो दिन रेकर्ड व्यापार गरेको छ।

रिलिज अघि नै नै ३७० करोड भारतीय रुपैया कमाई गरेको यस फिल्मले पहिलो दिन कुल सय करोडको व्यापार गरेको बलिवुड फिल्म विश्लेषकहरुले बताएका छन्। करिब ६ सय करोडको लागतमा बनेको यो फिल्मलाई यस बर्षको सर्वाधिक प्रतिक्षारत फिल्मको रुपमा हेरिएको थियो। 

फिल्म समिक्षकहरुले समेत उत्कृष्ट भनेपछि फिल्मको व्यापार झन् बढी हुने अनुमान गरिएको थियो। अधिकांश फिल्म विश्लेषकहरुले यस फिल्मलाई ४ देखि ४.५ रेटिंग दिएपछि दर्शक फिल्म हेर्न झन् उत्साहित बनेका थिए। 

फिल्म विश्लेषक गिरिश जौहरले फिल्मको हिन्दी भर्सनले २०-२५ करोड ब्यापार गरेको र तामिल र तलेगु भाषाको कलेक्सन जोड्दा फिल्मले सय करोडभन्दा भन्दा बढीको कलेक्सन गरेको बताएका छन्। यसै महिना रिलिज भएको ठग्स अफ हिन्दोस्तानले रिलिजको पहिलो दिन ५० करोडको व्यापार गरेपनि बक्स अफिसमा फ्लप भएको थियो।  

हालै रिलिज गरिएको ट्रेलरपछि फिल्मको झन् कौतुहलता बढेको छ। पहिलो पटक रजनीकान्त र अक्षयकुमारसँगै अभिनय गरेको यस फिल्मले सेटेलाइट अधिकार र डिजिटल अधिकार बेचेर सो कमाई गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

भारतीय फिल्ममध्ये अहिलेसम्मकै महँगो फिल्म २.० २०१० मा आएको रजनीकान्तको फिल्म रोबोटको अर्को भाग हो। यस फिल्मलाई लगभग ६८ सय स्क्रिनमा रिलिज गरिएको थियो । अहिलेसम्मकै महँगो फिल्मले अहिलेसम्म कै धेरै कलेक्सन गर्ने अनुमान पहिलो दिनको व्यापार र दर्शकको उत्साहबाट लगाउन सकिने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै