• २०८१ बैशाख १३ बिहीबार

बलिवुडमा राम्रो फिल्म नपाएको सन्नी लियोनीको गुनासो 

kharibot

मुम्बई। पोर्न फिल्मबाट बलिवुडमा आएकी अभिनेत्री सन्नी लियोनीको क्यारियर अहिले बलिवुडमा अनिश्चित बनेको छ।

सन् २०१३ मा अमेरिकी पोर्न उद्योगलाई छोडेर बलिउडमा आएकी सन्नीको यसबीचमा निकै चर्चा र सफलता देखिए पनि सन्नीले अहिले आएर बलिवुडमा आफुले राम्रो फिल्ममा काम गर्न नपाएको गुनासो गरेकी छन्। हालै आफ्नो जीवनीमा आधारित वेभसिरिज फ्लप भएपछि सन्नीको यस्तो बयान आएको हो। 

बलिवुडमा आफुलाई धेरै सपना देखाइएको भएपनि कसैलेपनि  आफुलाई काम नदिएको सन्नीको ठहर रहेको छ। हाल आफ्ना पतिसँगै तीन बच्चा सम्हाल्नमा व्यस्त रहेकी सन्नीले अब गर्ने निर्णय विगतमा जस्तो नसोची नगर्ने बताएकी छन्। 

३७ बर्षकी सन्नीले आफ्नो इच्छा हरेक किसिमका फिल्ममा काम गर्ने भएको बताउदै बलिवुडको ५-६ बर्षको क्यारियरपछि सहि मानिसको साथ हुन् जरुरी भएको बताएकी छन्। उनले आफ्नो दुख बयान गर्दै भनेकी छन्, 'मैले अहिलेसम्म जो सँग काम गरे उनीहरुले मलाई निकै ठुलो कुरा गरे तर उनीहरुले राम्रो फिल्म भने बनाउन नसकेको बताएकी छन्। आफुले राम्रो अभिनय गर्दा पनि राम्रो स्क्रिप्टमा काम गर्न नसकेको सन्नीको बुझाइ रहेको छ। उनले आफुले हरेक फिल्मका लागि निकै मिहिनेत गरेको बताउदै फिल्मको लागि आफुले वर्कसप गरेको, डाइलगका लागि मिहिनेत गरेको समयमा सुटिंग स्पटमा पुगेको अहिले हेर्दा आफु बेबकुफ जस्तो लाग्ने बताउछिन् ।

जिस्म २, रागिनी एमएमएस २ जस्ता सफल फिल्मले बलिवुडमा राम्रो सुरुवात गरेकी सन्नीले अभिनय गरेका अन्य फिल्मले भने राम्रो व्यापार गर्न सकेनन्। पट, एक पहेली लिला, मस्तिजादे, तेरा इन्जारजस्ता फिल्म फ्लप रहे बहने आधा दर्जन अन्य फिल्मले निर्माताका पैसा सबै डुबाए। 

पछिल्लो समय सन्नीलाई नायिकाको रुपमा प्रस्ताव आउन बन्द भएपछि साउथको फिल्म तिर लागे पनि त्यो उनका लागि सुखद हुन सकेन। साउथमा सन्नीको व्यापक विरोध भयो र खासै फिल्म पनि उनले पाउन सकिनन् ।     
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै