• २०८१ बैशाख ११ मंगलबार

मेडिसिटी अस्पतालमा फिजियोथेरापीसम्बन्धी सम्मेलन 

kharibot

ललितपुर । नेपाल मेडीसिटी अस्पतालमा नेपाल फिजियोथेरापी संघ (नेप्टा)को आयोजनामा नवौं नेप्टाकन प्रि–कन्फ्रेन्स आयोजना गरिएको छ । कार्यक्रमलाई अस्पतालकि प्रबन्ध निर्देशक डा.समता प्रसादले उद्घाटन गरेका थिए । विभिन्न स्थानमा हुने तीन दिवसीय कार्यक्रमका निम्ति सफलताको कामना गरेका छन् । 

नेप्टाका अध्यक्ष तथा नेप्टाकनका वैज्ञानिक सत्रका संयोजकसहित ४ अन्तर्राष्ट्रिय फिजोथेरापिष्टको मुख्य उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो । 

कार्यक्रममा युनिभर्सिटी अफ मेलवर्नबाट आएकी सहायक प्राध्यापक स्याली कोवान र डा. मार्गारेट शेरवुन, युनिभर्सीटी अफ सिड्नीबाट डा. ड्यारेन रिड, र मास्ट्रिच युनिभर्सीटी, नेदरल्यनण्ड्सबाट प्रा.डा. युगीन रामेक्रस उपस्थित हुनुहुन्थ्यो वहाँहरुले मस्कोलोस्केलेटल, महिला स्वास्थ्यमा फिजियोथेरापी, र बालबालिकाका फिजियोथेरापीको विषयमा प्रस्तुति दिएका थिए ।

देशभरका करिब ५० फिजियोथेरापिस्टको उपस्थिति रहेको कार्यक्रम काठमाडौं विश्वविद्यालय र शंकर होटलमा गरी तीन दिनसम्म आयोजना हुनेछ । कार्यक्रम डिसेम्बर १मा समापन हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै