• २०८१ बैशाख ८ शनिबार

राष्ट्रपति भण्डारी र कम्बोडियाली प्रधानमन्त्री सेनबीच भेटवार्ता

kharibot

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको औपचारिक भ्रमणमा रहेका कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएकोे भेटवार्तामा नेपालका तर्फबाट राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृत तथा कम्बोडियाका उच्च सरकारी अधिकारीसमेत रहेका थिए । 

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री सेन बिहीबार काठमाडौँ आइपुगेका हुन् । सो सम्मेलन आगामी शनिबारदेखि आयोजना हुँदैछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै