'किताब नपढी गतिलो लेखक हुन सम्भव छैन'

खरीबोट

  • २०७४ सालमा पहिलो उपन्यास पैताला’ सार्वजनिक भएपछि लेखक गनेस पौडेल रोचक विषयवस्तु र पृथक् शैलीका कारण समीक्षक तथा पाठकहरूबीच लोकप्रिय बन्न पुगे । लामो समयदेखि अखबारी लेखनमा समेत आबद्ध रहँदै आएका उनी पोखरामा बस्छन् । प्रस्तुत छ खरीबोटको लागि अनुप जोशीले पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश :

नयाँ स्वादको ’पैताला’बाट पाठकहरूमाझ राम्रैसंग स्थापित हुनुभयो । अब अर्को उपन्यास कहिले आउँछ?
उपन्यास नआउन पनि सक्छ । दुइटा उपन्यास ’देजाभू’ र ’भिसी एघार’लेखिभ्याएको भए पनि बजारमा पठाउन मन लागेको छैन । ’देजाभू’ तिब्बती शरणार्थीको संघर्षको कथा हो भने  ’भिसी एघार’ पचासको दशकमा भलिबल टिममा रहेका साथीहरुको मित्रताको कथा हो । यी दुबै यति प्रिय भएर बसेका छन् कि अझै एकाध बर्ष यिनको एकल पाठक बनेर बसुँ भन्ने लागेको छ । सायद बर्षान्तमा एउटा कथा संग्रह आउँछ । 

अब आउने पुस्तक पनि ’पैताला’ जस्तै तान्त्रिक शैलीको हुन्छ ?
'तान्त्रिक’’उत्तरआधुनिक’ आदि इत्यादि कुरात पाठकले, समीक्षकले निर्क्यौल गर्लान् । तर सत्य कुरा के हो भने कथावाचन र प्रस्तुतिमा नयाँ प्रयोग भने गरिरहन्छु । म यो मामलामा निक्कै सचेत छु कि मेरो कुनै शैली हुनु हुँदैन । म हरेक किताबमा नयाँ लेखककोजस्तो स्वादमा आउन चाहन्छु ।

तपाईंको उपन्यासमा भेटिने अजीबोगरिब प्रसंगहरू लेख्नको लागि तपाईंलाई कहाँबाट प्रेरणा आउँछ?
मेरो विचारमा आख्यान बाह्य यात्रा हो । कविता भित्री यात्रा । कवितामा ध्यान हुन्छ । आख्यानमा कल्पना । कविताको संवेदनामा सर्जक आफैँसंलग्न हुन्छ । आख्यानमा भने आख्यानकार असंलग्न हुन्छ । म कवि होइन, कथाकार हुँ । मलाई कल्पना नगरी सुखै छैन । मेरो लेखनीको मुल ध्येय नै पराकल्पनाको माध्यमबाट परामनोविज्ञानलाई स्पर्श गर्नु हो । मैले अन्टसन्ट कथा रच्नुको कारण यही हो । 

’पैताला’को कन्टेन्टमात्र नभएर न्यारेशन टेक्निक पनि बिल्कुलै भिन्न छ । कसरी विकासगर्नुभयो त्यस्तो शैली?
मैले नेपालका धेरै आख्यानकारलाई ’कथावाचक’ मात्रै देख्छु । ’कथाकार’ देख्दिनँ । उनीहरुसँग कथा पहिल्यै हुन्छ त्यसलाई आ(आफ्नो शैलीशिल्पले वाचन गर्नु नै तिनको धर्म हुन्छ । मेरो खल्तीमा कहिल्यै कथा हुँदैन किनकी म अर्काको कथा टिप्दिनँ । म कथा टिप्न देशाटन गर्दिनँ । त्यसैले कथाकार र कथावाचक दुबै हुनु मेरो बाध्यता हो । म कथा र वाचन दुवैमा फरकपन खोजिरहन्छु । ’पैताला’ त्यसैको एउटा अभ्यास थियो । मेरो अनुभवमा कथा अनाज हो भने वाचनशैली त्यसलाई भण्डारन गर्ने डालो । म पहिला डालोको बारेमा प्रष्ट हुन्छु अनि त्यसमा खन्याउँदा सुहाउने अनाज खोज्न हिँड्छु । 

पत्रपत्रिकामा तपाईंका लेख आइरहन्छन् । उपन्यास लेखन र अखबारी लेखनमा के फरक रहेछ?
अब हप्तैपिच्छे नयाँ किताब निकाल्ने कुरा त भएन नि ! उपन्यास लेख्न समय लाग्छ । त्यस बिचमा ’गनेस पौडेलले अझै लेखिरहेकै छहै’ भन्ने सूचना दिन म अखबारी लेखन गर्छु । रमाइलो कुरा के भने मैले अखबारका लागि आजसम्म कम्तिमा ५ सय निबन्ध लेखेँ हुँला तर तीमध्ये एउटै पनि कागजमा संकलित छैनन् । भोलि संकलन गरेर छाप्नु पर्यो भने पत्रिकाका आर्काइभ माग्दै हिँड्नु पर्नेछ ।

अखबारी लेखनमा मेरो रुचिको बिषय धर्म, इतिहास र सँस्कृति हो । यसमा म ज्यादै नै तार्किक र यथार्थवादी हुने प्रयास गर्छु । उपन्यासमा मेरो रुचिको बिषय ब्रह्माण्ड, रहस्य, पराविज्ञान, मनोविज्ञान, मिथकआदि हुन् । म उपन्यासमा कल्पलोकमा हुन्छु ।

तपाईं घुमफिरमा निकै रमाउनुहुन्छ । घुमफिरले तपाईंको लेखनमा कत्तिको प्रभाव पार्ने गर्छ?
निक्कै पार्छ । कथाका अनौठा आइडियाहरु मलाई घुमफिरको बेला फुर्छन् । 

रमाइलो कुरा के भने मैले अखबारका लागि आजसम्म कम्तिमा ५ सय निबन्ध लेखेँ हुँला तर तीमध्ये एउटै पनि कागजमा संकलित छैनन् । भोलि संकलन गरेर छाप्नु पर्यो भने पत्रिकाका आर्काइभ माग्दै हिँड्नु पर्नेछ ।

मान्छेको जीवन के हो जस्तो लाग्छ तपाईंलाई?
जीवन भनेको सम्झनाहरुको समष्टि हो । स्मृतियोग्य किस्साहरुको निर्माण नै जीवनको खासोखास अभीष्ट हो । 

तपाईंलाई सबैभन्दा धेरै आनन्द कतिबेला आउँछ?
सबैभन्दा धेरै आनन्द त संभोग गर्दा आउँछ तर त्यस्तो कुरा सबैको हकमा लागू होला । त्यसैले उता नजाऊँ। मलाई मज्जा आउने अर्को कुरा भनेको बाँच्नु हो । मलाई ज्युँदै छु भन्ने आभाष भएको बखत साह्रै आनन्द आउँछ । जिन्दगीलाई नै दाउमा राखेर कुनै काम गर्दामलाई ज्यूँदै छु भन्ने आभाष हुन्छ । 

तपाईंले जीवनमा गर्ने इच्छा राख्नुभएको एउटा कुरामात्र भन्नुपर्दा के छान्नुहुन्छ?
जीवनमा गर्न चाहेका कुरा धेरै छन् । कुनै एउटा रहर रोजेको भने छैन । हतारमा भन्दा मलाई यी ३ मध्येकम्तिमा एउटा काम गरेर मर्न मन छ स् स्काइ डाइभिङ गर्ने,अन्तरिक्षमा जाने, संस्कृत सिक्ने ।

तपाईं धेरै पुस्तकहरू पढ्नुहुन्छ । एउटा लेखकलाई अरु लेखकको पुस्तक पढ़नाले हुने फाइदारबेफाइदाहरू के-के हुन्?
जसरी काम नगरी पैसा कमाउन, लगानी नगरी नाफा निकाल्न,राजनिति नगरी देश बदल्न,सेवा नगरी सन्तुष्टि पाउन, तयारी नगरी परीक्षामा उत्कृष्ट हुनसम्भव छैन त्यसै गरी किताब नपढी गतिलो लेखक हुन सम्भव छैन ।

तपाईंलाई धेरै मन परेका पुस्तकहरू?
मैले मन नपरेको किताबै पढेको छैन । 

समकालीन नेपाली साहित्यमा आइरहेका पुस्तकहरूप्रति तपाईंको धारणा ?
’नेपाली साहित्य’ भन्नाले के बुझ्ने ? नेपाली नागरिकले लेखेको साहित्यभनेर बुझ्ने ? अथवा जुनसुकै देशको नागरिकद्वारा नेपाली भाषामा लेखिएको साहित्यलाई बुझ्ने ? वा नेपालभित्र बोलिने कुनै पनि भाषामा लेखिएको साहित्यलाई बुझ्ने ? यस्तो ’साहित्यमा आइरहेका’ किताबमा अनुवादलाई मिसाउने वा नमिसाउने ? 
मैले मुराकामी, कोहेलोजस्ता लेखकलाई अँग्रेजीमा पढेको हुँ । सुरुमा मलाई ती लेखक कुन देशका हुन भन्ने पनि वास्तै थिएन । त्यसैले मलाई लाग्छ साहित्यको देश हुँदैन, राष्ट्रियता हुँदैन । साहित्य भाषामा लेखिन्छ तर यसको कुनै भाषा हुँदैन । 

अन्त्यमा, राम्रो उपन्यास लेख्न चाहने नयाँ लेखकहरूलाई के भन्न चाहनुहुन्छ?
केही भन्दिनँ । सधैँ भन्ने कुरा एउटा छ त्यही भन्छु, लेख्न चाहेर केहीलछारपाटो लाग्दैन । पहिला लेख्नुस् अनि राम्रो भएछ भने राम्रै भयो ।

सम्बन्धित समाचार

पढ्नु मेरो लागि जिज्ञासाको समाधान गर्ने प्रयास हो  : राम लोहनी

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा भाषाशास्त्रको अध्यापन गरिरहेका राम लोहनी एक बौद्धिक चिन्तक एवम् कुशल समीक्षकका रुपमा परिचित छन् | कला, साहित्य, समाज र भाषाक्षेत्रमा केन्द्रित रहेर उनका विचार, समीक्षा र समालोचनाहरू

मसँगै मेरो देश चिनिने अवसर पायो : उमा बादी

काठमाडौं । विकासोन्मुख देश नेपालको अविकसित ठाउँ हो सुदूरपश्चिम । झन् त्यहाँको एक समुदाय जसलाई समाजले राम्रो दृष्टिले हेर्दैन, त्यही समुदायकी एक महिला हुन् उमा बादी । उनैलाई प्रसिद्ध अन्तर्राष्ट्रिय

एड्स अब मृत्युको पर्याय रहेन, न्यून क्षतिका लागि धेरै उपचार विधि आइसक्यो : डा. शाक्य

विगत एक दशकयता निरन्तर रुपमा एचआईभी तथा एड्स नियन्त्रण कार्यक्रमका कारण नेपालसहित विश्वभर एचआईभी संक्रमण र एड्सबाट हुने मृत्यु घटेका तथ्याङ्कहरु सार्वजनिक भइरहेको छ । हरेक डिसेम्बर महिनाको पहिलो दिन

म किसानको बच्चा, किसानको बच्चासँग हुने सामान्य कथाहरू लेखेको छु : रमेश सायन 

असोजमा ‘छुटेका अनुहार’ निबन्धसंग्रह सार्वजनिक भएपछि रमेश सायन अहिले साहित्यक्षेत्रमा चर्चामा छन् । २०७० सालमा ‘नाम धनिमाया थारू वर्ष चौरासी’ शीर्षकको कविताबाट साताको साहित्य पुरस्कार जितेका सायनको यसअघि २०७१मा ‘भागेर


z