• २०८१ बैशाख ११ मंगलबार

टी-१० लिगमा केरलाले जिते पनि प्रतियोगिताबाट बाहिरियो, सन्दीपले दिए एक ओभरमा २० रन 

kharibot

काठमाडौँ। टी-१० लिगमा केरला नाइटले आफ्नो अन्तिम खेलमा जित हासिल गरेपनि प्रतियोगिताबाट बाहिरिएको छ। आज भएको अन्तिम खेलमा बङ्गाल टाइगरसँगको खेलमा ६ विकेटले जित हासिल गरेपनि क्वालिफायरको लागि छनौट भने हुन् सकेन।

बङ्गालले दिएको १२४ रन पछाएको केरलाले ८.४ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो।   केरलाका लागि जोनी बैरस्ट्रले सर्वाधिक ८४ रन बनाएका थिए। बैरस्ट्रले २४ बलमा ८ छक्का र ६ चौकाहान्दै ८१ रन बनाएका थिए। त्यस्तै क्रिश गेलले १९, पाउल स्ट्रिंगले १० र फबियन एलेनले ११ रन बनाएका थिए। 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बङ्गाल टाइगरले १० ओभरमा ५ विकेट गुमाएर १२३ रन बनाएको थियो। बङ्गालका लागि सुनिल नारायणले ५२ रन बनाएका थिए भने शेरफेन रुदरफोर्डले ३९ रन बनाएका थिए। केरलाका लागि वाने प्रनिल र बेनी हवेलले २-२ विकेट लिएका थिए भने सोएल तनवीरले एक विकेट लिएका थिए।

नेपाली बलर सन्दीप लामिछानेले भने यस खेलमा एक ओभर मात्र बलिङ गरेका थिए। सन्दीपले एक ओभरमा २० रन दिएका थिए। सन्दीपको ओभरमा ३ छक्का खाएका थिए भने २ बल ह्वाइट बल फालेका थिए।  

सन्दीप अघिल्लो खेलमा पनि महंगा साबित भएका थिए। नर्थर्न वारियरविरुद्धको खेलमा सन्दीपले २ ओभरमा ४७ रन दिएका थिए। सन्दीपले आफ्नो दोस्रो ओभरमा ४ छक्का सहित २५ रन दिएका थिए। सुरुका तीन खेलमा ६ विकेट लिएका सन्दीपले चौथो खेलमा पनि २८ रन दिएर कुनै विकेट लिन सकेका थिएनन्। 

अन्तिम खेलमा जित हासिल गरेपनि केरला प्रतियोगिताबाट भने बाहिरिईसकेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै