• २०८१ बैशाख १३ बिहीबार

हिन्दुराष्ट्र, राजसंस्था र गाई चिन्हसँग सहमत सबैसँग एकताको ढोका खुला छ - कमल थापा  

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र, राजसंस्था, सुदृढ स्थानीय शासन प्रणाली तथा चुनाव चिन्ह ‘गाई’ सँग सहमत हुने कुनैपनि पार्टी र समुहसँग एकताको ढोका चौबिसै घण्टा खुला रहेको बताएका छन्।  

राप्रपा काडमाडौं जिल्ला कार्य समितिद्वारा आयोजित जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा कार्यकर्ताहरुका गुनासा र सुझावहरुलाई समेट्दै सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले पार्टीका तल्लो तहसम्म प्रशिक्षणका कार्यक्रमहरु गर्ने, जनवर्गीय संगठनहरुलाई परिचालन गर्ने, कार्य क्षमता, दक्षता र लगनशिलताको आधारमा कार्यकर्ताहरुको मूल्याङकन गर्ने नीति पार्टीले लिएको बताए । 
जस–जसलाई विश्वास गरेर महत्वपूर्ण अवसर र जिम्मेवारी दिईयो, उनिहरुबाटै पार्टी र विचारको निमित्त धोका हुँदा त्यसको सबैभन्दा ठुलो पीडा अध्यक्षको नाताले आफुलाई भएको भन्दै अध्यक्ष थापाले पार्टीले लिएको एजेण्डालाई घरघरमा पुरयाएर संगठन निर्माणमा जोड दिन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

कार्यक्रममा विचार व्यक्त गर्ने आम अगुवा कार्यकर्ताहरुको पार्टीप्रतिको निष्ठा र पार्टीले लिएको एजेण्डाप्रति अविचलित प्रतिवद्धताले थप हौसला प्रदान गरेको भन्दै अध्यक्ष थापाले अब दत्तचित्त भएर संगठन निर्माणमा होमिन सबैमा आग्रह गरेका थिए ।  

पार्टीका काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा काठमाडौंका अगुवा कार्यकर्ताहरु भरतकुमार चन्द, त्रैलोक्यमान रञ्जितकार, टंक पौड्याल, टेकराज उपाध्याय, प्रेमनाथ दुलाल, राजेश मगैया, अर्जुन प्रसाद उप्रेती, वासुदेव अधिकारी, प्रताप वस्नेत, राजकुमार खड्का, सन्तोष अधिकारी, राम प्रसाद न्यौपाने, विजेन्द्र काजी श्रेष्ठ, रमेश नापित, के.बी. थापा, तेज बहादुर गुरुङ, दिपक के.सी., गोविन्द देवकोटा, राजकुमार थापा, नारायण पण्डित, नवराज राउत, गंगा दवाडी, सरला वि.क., मिरा कुँवर लगायतले आ–आफ्नो धारणा राखेका थिए । 

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका युवाहरुलाई अध्यक्ष कमल थापाले टिका लगाई पार्टीमा स्वागत गरेका थिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै