• २०८१ बैशाख ७ शुक्रबार

बलिवुड अभिनेता राजपाल यादवलाई तीन महिनाको जेल सजाय, दिल्लीबाट पक्राउ 

kharibot

मुम्बई। बलिउडका चर्चित हास्य कलाकार राजपाल यादवलाई दिल्लीको उच्च अदालतले चेक बाउन्सको मुद्धामा ३ महिनाको जेल सजाय सुनाएको छ । 

राजपाल यादवले सन् २०१० मा फिल्म निर्माणका  लागि लिएको ५ करोडको ऋण नतिरेपछि परेको मुद्धमा अदालतले सो सजाय दिने फैसला गरेको हो। 

अदालतमा यसै बर्ष राजपालले १० करोड ४० लाख रुपैयाँ फिर्ता दिनेगरी सम्झौता भएपैसा फिर्ता गर्न असमर्थ भएका थिए। पैसा फिर्ता नदिएपछि अदालतले राजपाललाई ३ महिनाको जेल सजाय सुनाएको हो । 

अदालतको आदेशपछि राजपाललाई दिल्ली प्रहरीले हिरासतमा लिएको भारतीय एजेन्सी एएनआईले जनाएको छ। 

 सन् १९९७ बाट बलिवुडमा अभिनय गर्न सुरु गरेका राजपालले हंगामा, चुप चुपके, जंगल, वक्त, भुलभुलैया, गरम मसाला, लेडिज टेलर, फिर हेरा फेरी, जुुडवा २’ सहित सयौ फिल्ममा अभिनय गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै