• २०८१ बैशाख १४ शुक्रबार

आठौँ राष्ट्रिय खेलकूदका लागि खेलाडी छनोट शुरु

kharibot

काठमाडौँ। प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि विभिन्न जिल्लामा छनोट प्रतियोगिता देखि शुरु भएको छ । जुम्ला, भोजपुर, सल्यान, सङ्खुवासभा, तेह्रथुम, गुल्मी, स्याङजा, हुम्ला, बाग्लुङ, बर्दिया, डोल्पा, बैतडी, डडेल्धुरालगायतका १४ जिल्लामा छनोट शुरु भएको आठौँ राष्ट्रिय खेलकूद २०७५ तयारी सचिवालयले जनाएको छ । छनोट कार्य मङ्सिर २१ गतेसम्म चल्नेछ । 

आठौँ राष्ट्रिय खेलकूदमा समावेश ३५ खेलमध्ये २० खेलको जिल्ला छनोट शुरु भएको हो । छनोटअन्तर्गत बक्सिङ, भारोत्तोलन, क्रिकेट, बास्केटबल र ह्यान्डबलको महिला जिल्ला छनोट भने हुने छैन । यी पाँच खेलको भने सिधै प्रदेश छनोट सञ्चालन गरिनेछ । 

जिल्ला छनोटमा ३१ हजार ८४५ खेलाडीले सहभागिताका लागि नाम दर्ता गराएका छन् । जिल्ला छनोटका लागि ७७ जिल्लामा रु दुई करोड ७८ लाख ४० हजार बजेट पठाइसकेको सचिवालयले जनाएको छ । 

यही मङ्सिरमा आयोजना गर्नेगरी तय भएको आठौँ राष्ट्रिय खेलकूद पूर्वाधार अभावका कारण दुई महिना पर सारिएको हो । अघिल्लो महिना नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकूद परिषद्को बोर्ड बैठकले मङ्सिर ८ गतेदेखि नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा आयोजना गर्ने तय भएको छ । खेलकूद प्रतियोगिता आगामी माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी मिति तय गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै