• २०८१ बैशाख ६ बिहीबार

एचआइभी एड्स सङ्क्रमितको उपचारमा कमी हुँदैन : प्रधानमन्त्री ओली

kharibot

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी-एड्स सङ्क्रमितको उपचार कमी हुन नदिने बताएका छन् । 

३१औ विश्व एड्स दिवसका अवसरमा आज एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले एचआइभी सङ्क्रमितलाई सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको स्मरण गराए । “नेपालमा एचआइभी सङ्क्रमितलाई सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको छ, सबै सङ्क्रमितमा यो सेवा पुरयाउन सरकारका स्वास्थ्य निकाय र एड्सविरुद्ध कार्यरत सबै संस्थालाई म आग्रह गर्दछु, सबै सङ्क्रमितले उपचार सेवा पाउनु पर्दछ,” प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ । 

प्रधानमन्त्री ओलीले सन्देशमार्फत एचआइभी-एड्स नियन्त्रणका उपायलाई थप प्रभावकारी बनाउन सबै क्षेत्रको आवश्यकता औँल्याए । दिगो विकासका लक्ष्यले स्वास्थ्य मानव समाजको परिकल्पना गरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा एड्स रोग निर्मूल गर्ने रणनीतिलाई द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । अभियानमा नेपालमा पनि राष्ट्रिय एड्स परिषद्ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री ओलीको विश्वास छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै