• २०८१ बैशाख ८ शनिबार

टी-१० लिगमा सन्दीप : उत्कृष्ट सुरुवात निराशाजनक अन्त्य 

kharibot

काठमाडौँ। युएईमा टी-१० लिग खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम केरला नाइट्स क्वालिफायरमा छनौट हुन् असफल भएको छ। टी-१० लिगको पहिलो सिजन जितेको केरला दोस्रो सिजनमा सातौ स्थानमा रहेर बाहिरिएको छ। कुल ६ खेल खेलेको केरलाले केवल २ खेलमा जित हासिल गर्यो भने एक खेल बर्षाले प्रभावित बनेपछि अंक बाडेको थियो। त्यस्तै ३ खेलमा भने केरलाले हार बेहोरेको छ।

टी-१० लिगमा सन्दीपले शानदार सुरुवात गरेपनि अन्त्य भने निशाजनक बनेको छ। सन्दीपले ६ खेलमा ११ ओभर बलिङ गर्दै १४९ रन दिएर ६ विकेट लिएका छन्। पछिल्ला तीन खेलमा सन्दीपको प्रदर्शन निराशाजनक रहेको थियो। पछिल्ला तीन खेलमा सन्दीपले ५ ओभरमा ९५ रन दिएका थिए भने कुनै विकेट लिन सकेनन्। 

सन्दीपले बङ्गाल टाइगरविरुद्धको अन्तिम खेलमा केवल एक ओभर बलिङ गरेका सन्दीपले २० रन दिएका थिए। त्यस्तै नर्थर्न वारियरविरुद्ध २ ओभरमा ४७ रन दिएका सन्दीप सो खेलमा पनि विकेट विहिन रहे। त्यसअघि पंजाव लिजेण्डविरुद्धको खेलमा सन्दीपले २ ओभरमा २८ रन दिए भने सो खेलमा पनि विकेट लिन असफल भएका थिए। 

बर्षाले प्रभावित बनेर अंक बाडेको राजपुत्सविरुद्ध सन्दीपले २ ओभरमा २३ रन दिएर २ विकेट लिएका थिए। त्यस्तै दोस्रो खेलमा सिन्धिजविरुद्धको खेलमा सन्दीपले २ ओभरमा १४ रन दिएर एक विकेट लिएका थिए। त्यस्तै प्रतियोगिताको पहिलो खेलमा पख्तुन्सविरुद्ध सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा १७ रन दिएर ३ विकेट लिएका थिए। केरलाका सुरुका २ खेलमा केरलाबाट सन्दीपले मात्र विकेट लिएका थिए। 

यसरी प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेका सन्दीपले अन्तिम खेलहरुमा लय गुमाउदा टिम केरलालाई पनि असर परेको देखिएको छ। पूर्णरुपमा सन्दीपका कारणले नै बाहिरियो भन्नु भन्दा पनि टिमको कप्तानले विश्वास गरेर सन्दीपलाई प्लेइङ ११ मा राखेर प्रमुख बलरको जिम्मेवारी दिएपछि पछिल्ला खेलमा सन्दीपले त्यो भूमिका निभाउन असफल भएका छन्।

आइपिएल, ग्लोबल टी-२०, क्यरिबियन लिग, अफगानिस्तान प्रिमियर लिग खेलेर अनुभव बटुलीसकेका सन्दीपले अब आफु खेल्ने टिमलाई प्रतियोगिता जिताउने गरी प्रदर्शन गर्नुपर्ने देखिएको छ। 

अब अस्ट्रेलियाको बिग बास लिग र बंगालदेश प्रिमियर लिग खेल्ने तयारीमा रहेका सन्दीपले टिमलाई प्रतियोगिता जिताएको हेर्न उनका विश्वभरका फ्यान आतुर रहेका छन्।   

अब सन्दीप नेपाल फर्केर मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा ललितपुर प्याट्रियसबाट खेलेपनि उनले केवल २ खेल मात्र खेल्ने भएका छन्। अष्ट्रेलियाको बिग बास लिगमा जानुपर्ने भएकाले इपिएलको शुरुआती दुई खेलमात्र खेल्ने भएका हुन् । 

सन्दीपले मङ्सिर २२ मा विराटनगर वारियर्स र मङ्सिर २३ मा चितवन टाइगर्सविरुद्धको खलेमा मात्र सहभागीता जनाउनेछन्। 

  
  
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै