आमाको कोखबाट पृथ्वीकाे पहिलाे दर्शनमै
मैले मेरी अामालाई पाएँ,
सबैभन्दा पहिले बेस्सरी राएँ
मानाैँ मेरा बाबुलाई अत्याएँ
तर जाे जाे मेरै प्रतिक्षामा थिए
सबैलाई अट्टाहास हसाएँ !
गर्भिणी हुँदाकै बखत सिकेकाे हुनुपर्छ
मैले अाफु राेएर अरु हँसाउन
त्यहीबेला सिकेकाे हुनुपर्छ पिँडामा अाँसु बगाउन ..!
जब म भाेकले चिच्याउँथेँ
जीवन फुल्ने गमलारुपि काेक्रामा
तब मेरी अामा
बारीकाे डिलमा राेप्नुहुन्थ्याे - मेराे जीवन !
म चिच्याएकाे सुन्दा मेलामा गएकी मेरी अामा
हतार-हतार अाएर मलाई
काखमा लिँदै भन्नुहुन्थ्याे;
लाै बाबू ... बुबु खाऊ ....!
जब मेरा अाेठले अामाकाे स्तनमा स्पर्श दिन्थ्याे
म फेरि रुन्थेँ विगतकाे अाफू सम्झेर
हाे, त्यहीबेला सिकेकाे हुनुपर्छ
मैले हर्षमा अाँसु बगाउन !
अाँसु त्यसै झर्दैन .....!
कि चाहिन्छ थामीनसक्नु पीँडाकाे भार !
कि चाहिन्छ राेकिनसक्नु हर्षकाे भेल !
कि त चाहिन्छ अामाकाे पाेल्टाकाे स्वर्ग !
कि त चाहिन्छ बाबाकाे हिँमालझैँ काँध !
अाँसु त्यसै झर्दैन ...
अाँसु झर्नुकाे महत्त्व छ !
मैले अाँसुकाे अर्थ यति बुझेकाे छु
अाफू राेएर अरुलाई हँसाउनु,
नत्र किन सिकाइन्छ पैतालामा चिमाेटिचिमाेटि
भर्खर संसार देख्दै गरेकाे नवजात शिशुलाई रुन ?
मैले पनि सायद पृथ्वीकाे संघारमा उभिएर
पहिलाेपल्ट च्याँ ... च्याँ रुँदै
हँसाएकाे हुनुपर्छ ;- मेरा बाअामा, अाफन्तजन र प्रियदर्शीलाई !
अाँसु त्यसै झर्दैन .....
कि त वेदनाकाे लात चाहिन्छ !
कि त खुसीकाे खात चाहिन्छ !
यस्ताे लाग्छ 'जीवन' भनेकै 'अाँसु' हाे,
अाँसुले नै फुलाउँछ पारिजातकाे फूल !
अाँसुले नै फुलाउँछ पलाँसकाे फूल !
तर,
- दुवैमा एउटा जीवन छ !
- दुवैमा एउटा रहस्य छ !
अाँसु त्यसै झर्दैन ......
अाँसु झर्नुकाे महत्त्व छ !!
बि.एन. ढकाल
अरुण गा.पा.-५, भाेजपुर
हाल : काठमाडाैँ ।