• २०८१ बैशाख ८ शनिबार

साताको सेयर बजार : नेप्से सुचक ११ सय ४८ बिन्दुुमा रोकियो

kharibot

काठमाडौँ।  यो साता सेयर बजार परिसुचक ११ सय ४८ दसमलव ७० अंकमा पुुगेर रोकिएको छ । यसैगरी क बर्गका कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ४४ दसमलव २३ अंकमा पुुगेको रोकिएको छ । 

यो साता नेपाल स्टक एक्सचेन्जको नियमित कारोवार कक्ष पाँच दिन खुल्ला भएको थियो । सो मध्ये तेस्रो दिन झिनो अंकले बढेको नेप्से बाँकी चार दिन लगातार घटेको थियो ।

पहिलो दिन १४ दसमलव ८२ अंकले घटेर नेप्से ११ सय ६६ दसमलव ४३ बिन्दुुमा रहेको थियो भने सेन्सिटिभ पनि तीन दसमलव आठ अंकले घटेर दुुई सय ४७ दसमलव ९८ अंकमा झरेको थियो । दोस्रो दिन पनि नेप्से छ दसमलव ३५ अंकले घटेको थियो सेन्सिटिभ एक दसमलव तीन अंकले घटेको थियो ।

तेस्रो दिन भने नेप्से एक दसमलव ६१ अंकले बढेर १ज्ञ सय ६२ दसमलव ४३ अंकमा पुुगेको थियो भने सेन्सिटिभ शुन्य दसमलव ३४ अंकले बढेर दुई सय ४६ दसमलव ९६ अंकमा पुुगेको थियो । सो पश्चात चौंथो र पाँचों दिन पनि नेप्से लगातार ओरालो लागेको थियो । 

यो साता नेप्सेमा एक अर्ब ५० करोड ८५ लाख ७३ हजार दुुई सय ३७ रुपैयाँको सेयर कारोवार भएको छ । कुुल एक सय ६१ कम्पनीहरुको झण्डै १९ हजार चार सय वटा कारोवारमा ५० लाख ७८ हजार नौ सय कित्ता सेयर खरिद बिक्री हुंदा सो परिमाणमा सेयर कारोजार भएको हो ।

यो साता पनि बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल बैक, प्रभु बैंक, एनएमब बैंक लगायतका कम्पनीहरु परेका छन भने बजार पुंजीकरणका आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु परेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै