एचआइभी सङ्क्रमणको दर कम हुँदै

खरीबोट

काठमाडौँ। दशकअघि भयावह भनिएको एचआइभी सङ्क्रमण दरमा क्रमशः न्यूनीकरण हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ । 

सामाजिक सचेतना, उपचार, कण्डम वितरण, दुव्र्यसन न्यूनीकरण, स्वास्थ्य परीक्षण र रोकथामका कार्यक्रमलाई तीव्रता दिएकाले रोगको सङ्क्रमण घटेको हो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुका अनुसार एक दशकको प्र्रयासमा रोगको सङ्क्रमण दर घटेको र रोगप्रति हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ । 

“पहिले एचआइभी लागेका मान्छेलाई छिछी र दुरदुरको अवस्था थियो, अहिले सामान्य रोगका रुपमा ग्रहण गर्न थालिनु सकारात्मक हो”, केन्द्रका सूचना अधिकृत वीरबहादुर रावलले भने, “अब एचआइभी मधुमेह र उच्च रक्तचाप जस्तै सामान्य भइसकेको छ ।” 

सन् २००५ मा नेपालमा सङ्क्रमण दर प्रतिएक हजार पाँच रहेकामा अहिले घटेर प्रतिएक हजार दुईमा झरेको छ । यस्तै लागुपदार्थ दुव्र्यसनी भएकाहरुको अध्ययनमा ६८ प्रतिशतमा सङ्क्रमण थियो अहिले झरेर ८ दशमलव ५ प्रतिशतमा झर्नु महत्वपूर्ण उपलब्धि हो भन्नुहुन्छ, रावल । यौनजन्य क्रियाकलापबाट भने ६ प्रतिशतबाट घटेर १ प्रतिशत सङ्क्रमण दर रहेको जनाइएको छ । 

सरकारी तथ्याङ्कअनुसार हाल नेपालमा २१ हजार १४८ जनामा एचआइभी सङ्क्रमण भएको पाइएको छ । नेपालमा ३१ हजार सङ्क्रमण रहेको अनुमान छ । नखुलेका १० हजारमध्ये सरकारले सन् २०२१ सम्ममा सात हजारलाई खोज्दै छ । सरकारले अहिले सङ्क्रमितको पहिचान गरेर स्वास्थ्य संस्थामा आउने वातावरणका लागि कार्यक्रम सञ्चालन गरेको केन्द्रले जनाएको छ । 

सन् २०१६ देखि २०२१ सम्मका लागि राष्ट्रिय एचआइभी रणनीति अघि सारेको छ । सो रणनीतिअनुसार ३१ हजार २० सङ्क्रमित पहिचान गर्नै लक्ष्य हो । सन् २०२० सम्म २८ हजार पत्ता लगाउने योजना छ । केन्द्रका रावलका अनुसार हालसम्म २१ हजार १४८ पत्ता लागेको र २५ हजारलाई औषधि खुवाउने लक्ष्य रहेकामा १६ हजारलाई औषधि खुवाइसकिएको छ । 

योजनाअनुसार २३ हजारलाई भाइरस कति छ भनेर जाँच गर्ने लक्ष्यमा सात हजार ५०० को परीक्षण भएको छ । पछिल्लो समयमा सङ्क्रमित खुल्न थालेकाले पनि न्यूनीकरणमा सहयोग पुगेको छ । गत वर्ष सरकारले चार लाखलाई परीक्षण गर्दा एक हजार ७९७ जनालाई एचआइभी देखिएको छ । 

यस्तै लागुपदार्थ दुव्र्यसनीलाई रोगको सङ्क्रमण कम गर्न सुई साटासाट कार्यक्रमसमेत सरकारले चलाएको थियो । एउटै सुई बारम्बार प्रयोग हुनेक्रम रोक्नका लागि शुरु भएको कार्यक्रमअन्तर्गत सात लाख सुई साटिएको छ । समयमै जानकारी भएमा र स्वास्थ्य संस्था पुगेमा आमालाई एचआइभी भए पनि गर्भमा रहेको बच्चामा रोग नलाग्नेसमेत रावलले बताए । 

सम्बन्धित समाचार

एचआइभी सङ्क्रमणको दर कम हुँदै

काठमाडौँ। दशकअघि भयावह भनिएको एचआइभी सङ्क्रमण दरमा क्रमशः न्यूनीकरण हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ ।  सामाजिक सचेतना, उपचार, कण्डम वितरण, दुव्र्यसन न्यूनीकरण, स्वास्थ्य परीक्षण र रोकथामका कार्यक्रमलाई तीव्रता दिएकाले रोगको

एचआइभी एड्स सङ्क्रमितको उपचारमा कमी हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी-एड्स सङ्क्रमितको उपचार कमी हुन नदिने बताएका छन् ।  ३१औ विश्व एड्स दिवसका अवसरमा आज एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले एचआइभी सङ्क्रमितलाई सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको

पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला

पाल्पा । पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आव २०७४/७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ

एआरटीको सहायताले सहज जीवनयापन गर्दै एचआइभी संक्रमित

डोटी । डोटीमा ७१५ जना एचआइभी संक्रमितले उपचारका क्रममा नियमित रूपमा एआरटी नामक औषधि सेवन गर्न थालेका छन् । नियमित औषधि सेवन गर्नेहरु फुर्तिलो भई सहज जीवनयापनमा सघाउ पुगेको छ ।


z