युभेन्टसको अपराजित यात्रा जारी, सिरी ए मा बन्यो नयाँ रेकर्ड

खरीबोट

काठमाडौँ। इटालियन सिरी ए मा युभेन्टसले फ़िओरेन्टिनालाई पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ। गएराती फ़िओरेन्टिनाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले फ़िओरेन्टिनालाई ३-० गोल अन्तरले पराजित गरेको छ। 

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, रोड्रीगो बेनटानचर र कप्तान जिओर्जिओ चियेलिनीले एक एक गोल गरेका थिए। 

जितसँगै युभेन्टस युरोपका उत्कृष्ट ५ लिगमा अपराजित रहने टिम बनेको छ। युभेन्टसले सिरी ए को यस सिजनमा खेलेका १४ खेलमा १३ मा जित र एक खेलमा बराबरी खेल्दै ४० अंक हासिल गरेको छ। यो सिरी ए को इतिहासमा कुनै पनि टिमले सुरुका १४ खेलमा हासिल गरेको अहिलेसम्म कै धेरै अंक हो।   

युभेन्टसले दोस्रो स्थानमा रहेको नापोलीमाथि ११ अंकको स्पष्ट अग्रता हासिल गरेको छ। त्यस्तै सिरी ए को इतिहास युभेन्टसबाट सुरुका १४ खेलमा १० गोल गर्दै रोनाल्डोले रेकर्ड बनाएका छन्। सिरी ए का सुरुका १४ खेलमा यस अघि सन् १९५७/५८ मा जोन चार्लिजले १० गोल गरेका थिए। 

 
 

सम्बन्धित समाचार

एथलेटिकोसँग युभेन्टस पराजित, रोनाल्डो प्रभावहीन 

काठमाडौँ । च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा युभेन्टस एथलेटिको म्याड्रिडसँग पराजित भएको छ । प्रिक्वाटरफाइनलको पहिलो लिगमा एथलेटिकोको घरेलु मैदानमा भएको खेलमा युभेन्टस २-० ले पराजित भएको हो । पहिलो हाफ बिना कुनै

युभेन्टसको जितमा डिबाला र रोनाल्डोको गोल

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टसले फ्रोसिनोनेलाई पराजित गरेको छ । गएराती भएको खेलमा युभेन्टसले फ्रोसिनोनेलाई ३-० गोल अन्तरले पराजित गर्दै सिरी ए मा आफ्नो अपराजित यात्रा कायमै राखेको

आर्सनलका मिडफिल्डर एरोन रामसीलाई युभेन्टसले भित्र्यायो  

काठमाडौँ । आर्सनलबाट खेलिरहेका वेल्सका मिडफिल्डर एरोन रामसीले इटालियन कल्ब युभेन्टससँग सम्झौता गरेका छन् ।  पछिल्लो ११ बर्ष आर्सनलबाट खेलेका रामसीले आउदो जुलाई १ देखि युभेन्टसबाट खेल्ने गरि प्रि-सिजन सम्झौता गरेका

रोनाल्डोको गोलमा युभेन्टस विजयी

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टसले सासुलोलाई पराजित गरेको छ । गएराती भएको खेलमा युभेन्टसले सासुलोलाई ३-० गोल अन्तरले पराजति गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, सामी खेदिरा र


z