• २०८१ बैशाख ७ शुक्रबार

युभेन्टसको अपराजित यात्रा जारी, सिरी ए मा बन्यो नयाँ रेकर्ड

kharibot

काठमाडौँ। इटालियन सिरी ए मा युभेन्टसले फ़िओरेन्टिनालाई पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ। गएराती फ़िओरेन्टिनाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले फ़िओरेन्टिनालाई ३-० गोल अन्तरले पराजित गरेको छ। 

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, रोड्रीगो बेनटानचर र कप्तान जिओर्जिओ चियेलिनीले एक एक गोल गरेका थिए। 

जितसँगै युभेन्टस युरोपका उत्कृष्ट ५ लिगमा अपराजित रहने टिम बनेको छ। युभेन्टसले सिरी ए को यस सिजनमा खेलेका १४ खेलमा १३ मा जित र एक खेलमा बराबरी खेल्दै ४० अंक हासिल गरेको छ। यो सिरी ए को इतिहासमा कुनै पनि टिमले सुरुका १४ खेलमा हासिल गरेको अहिलेसम्म कै धेरै अंक हो।   

युभेन्टसले दोस्रो स्थानमा रहेको नापोलीमाथि ११ अंकको स्पष्ट अग्रता हासिल गरेको छ। त्यस्तै सिरी ए को इतिहास युभेन्टसबाट सुरुका १४ खेलमा १० गोल गर्दै रोनाल्डोले रेकर्ड बनाएका छन्। सिरी ए का सुरुका १४ खेलमा यस अघि सन् १९५७/५८ मा जोन चार्लिजले १० गोल गरेका थिए। 

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै