• २०८१ बैशाख ११ मंगलबार

रियल म्याड्रिड विजयी लयमा फर्कियो, भलेन्सियाविरुद्ध सहज जित 

kharibot

काठमाडौँ। स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी लयमा फर्किएको छ , यस सिजनमा खराब प्रदर्शन गरेको रियलले गएराती भएको खेलमा भलेन्सियालाई पराजित गर्दै लिगको पाचौ स्थानमा उक्लिएको छ। 

रियल म्याड्रिडले भलेन्सियालाई २-० गोल अन्तरले पराजित गरेको हो। रियलको जितमा लुकास भेजक्वेजले एक एक गोल गरेका थिए भने एक खेल भलेन्सियाका डेनियल वासले अन्त्मघाती गोल गरेका थिए ।

च्याम्पियन्स लिगको रोमाविरुद्धको खेलमा बाहिर बसेका इस्को यस खेलमा खेलेका थिए। उनी प्लेइङ ११ मा भने परेका थिएनन्। इस्को खेलको ८० मिनेटमा मैदानमा प्रवेश गरका थिए। इस्कोले रियल छोड्ने हल्लाका बीच उनले टिममा ठाउ पाउन संघर्ष गरिरहेका छन्। 

जितपछि रियल १४ खेलमा २३ अंक सहित लिगको पाचौ स्थानमा रहेको छ भने भलेन्सियाको भने १४ खेलमा १७ अंक रहेको छ।   
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै