• २०८१ बैशाख १३ बिहीबार

आन्दोलनको तयारी गर्न कमल थापाको कार्यकर्तालाई निर्देशन

kharibot

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संगठन सुदृढीकरण अभियानलाई तीब्र पार्दै निर्णायक आन्दोलनको तयारीमा जुट्न निर्देशन दिएका छन् । 

आफ्नो बसोबास क्षेत्र काठमाडौं -५ को क्षेत्रीय समिति, नगर र वडा कमिटीका पदाधिकारी सदस्यहरुको बैठकमा अध्यक्ष थापाले बिगतका गल्ती,त्रुटि र कमजोरिलाई सच्याउदै पार्टी र नेतृत्व बारेमा फैलाईएको भ्रमलाई चिर्दै  युद्धस्तरमा संगठन बिस्तार तर्फ ध्यान दिन आग्रह गरे । 

सरकार असफलता तर्फ लागिसकेको भन्दै थापाले जनताको चाहना र भावनालाई सरकारले बुझ्न नसकेकोमा दुख प्रकट गरे । हामिले देश, जनता र आर्थिक बिकासलाई केन्द्रमा राखेर अगाडि बढ्नु आबश्यक भएको चर्चा गर्दै अध्यक्ष थापाले बिकास , आर्थिक समृद्धि र सुशासनको निमित्त स्पष्ट खाका र कार्ययोजना चाहिने बताए । निर्मला पन्त प्रकरणमा सिङ्गो राज्य संयन्त्र असफल भएको उनको दाबी थियो ।

सस्तो प्रचारबाजीमा लागेर सरकारले जनबिश्वास गुमाएको थापाको तर्क थियो । सो अबसरमा पार्टीका नेताहरु  भुबन पाठक, बिक्रम थापा,प्रा.डा. गिताभक्त जोशी,राजाराम बर्तौला, भरत पाठक,केशब रेग्मि,सुनिता कुरुङ्वाङ,सिर्जना रानी बर्मा, बिजय खड्का , नबराज सिम्खडा, सन्तोष अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै