• २०८१ बैशाख ११ मंगलबार

सोमबार तीन सय १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री हुने

kharibot

काठमाडौं । भोलि सोमबार नेपाल राष्ट्र बैंकले तीन सय १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । राष्ट्र बैंकका अनुसार ९१ दिन अर्थात् २०७५ फागुुन २१ गते परिपक्व हुुने गरी उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । 

जारी मिति २०७५ मंसिर १८ गते रहेको ट्रेजरी खरिदको लागि सोमबार अपराह्न २ बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनुपर्नेछ । 

यसअघि यही मंसिर १० गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको दुुई सय २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको दुुई सय ४७ करोड र तीन सय ६४ दिने अवधिको ११ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै