• २०८१ बैशाख १२ बुधबार

सेयर बजार परिसूचक ११ सय ३० अंकमा झर्‍यो 

kharibot

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नै नेप्से उच्च अंकले घटेको छ । आज नेप्से १७ दशमलव ७३ अंकले घटेर ११ सय ३० दशमलव ६३ विन्दुमा झर्दा सेन्सिटिभ पनि तीन दशमलव ८९ अंकले घटेर दुई सय ४० दशमलव २६ विन्दुमा झरेको छ । एक सय ५६ वटा कम्पनीहरुको पाँच हजार तीन सय ९४ वटा कारोबारमा १४ लाख ४२ हजार एक सय ३८ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ४५ करोड ४६ लाख ९५ हजार नौ सय ९५ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज ११ वटा समूहको कारोबार हुंदा १० वटा समूहले गुमाएका छन् भने टे«डिङ समूहको सूचकमा सामान्य अंकले बढेको छ । जसअन्र्तगत वाणिज्य बैंक समूहको सूचक १५ दशमलव ५८ अंंकले घटेर नौ सय ९३ दशमलव ३५ विन्दुमा झर्दा २८ करोड ३० लाख ४३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैंक समूहको सूचक पनि ११ दशमलव ३३ अंकले घटेर १४ सय ३३ दशमलव ७९ विन्दुमा झर्दा छ करोड २५ लाख ७० हजार आठ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी निर्जिवन बीमा समूहको सूचक पनि एक सय ३९ दशमलव ५१ अंकले घटेर चार हजार नौ सय ५१ दशमलव ७४ विन्दुमा झर्दा आठ करोड ४२ लाख छ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

जलबिद्युत, लघुवित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समूहको सूचकमा पनि आज उच्च अंकले गिरावट आएको छ । 

कमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको बिजय लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य आठ रुपैयाँ ४९ पैसाले बढेर छ सय ५२ रुपैयाँमा कारोबार भएको छ भने  गुमाउने कम्पनीहरुको सुचीमा अग्रस्थानमा परेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ ७९ पैसाले घटेर चार सय ३३ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता दुई सय ९२ रुपैयाँ अन्तिम मुल्यमा सात करोड १९ लाख ३० हजार सात सय ६८ रुपैयाँको कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै