सफर
हेमन्तको शिरेटोले
रेटिएर
शिशिरको कल्पनासम्म
गर्न नसक्ने गरी
काँपिरहेको बेला
सगरमाथाको सयरमा
लैजान खोज्दै छ
मेरो सरकार
**********
एकसरो कमिजको भरमा
थाहा छ उसलाई
मलाई मारेर
सम्मुन्नत झुन्डाउनु छ
पोलमा
मेरो सपनाको सुटिकुटी
सुकाइरहेको हुनेछ
प्रिय घाम
एक अपूर्ण खोज
म खोजिरहेछु
त्यो कालो निशामा
रमाएको समय,
जसले लुकाइदियो
यो घामसामु
उजस्तै
उज्यालो इतिहास
र चिनाइदियो
एक कालो परिवेशलाई
सुनले लेखेर