• २०८१ बैशाख ६ बिहीबार

केआर पाण्डुलिपिका दुई कविता : सफर र एक अपूर्ण खोज 

kharibot

सफर

हेमन्तको शिरेटोले
रेटिएर 
शिशिरको कल्पनासम्म 
गर्न नसक्ने गरी
काँपिरहेको बेला
सगरमाथाको सयरमा
लैजान खोज्दै छ 
मेरो सरकार

**********

एकसरो कमिजको भरमा
थाहा छ उसलाई
मलाई मारेर 
सम्मुन्नत झुन्डाउनु छ 
पोलमा
मेरो सपनाको सुटिकुटी
सुकाइरहेको हुनेछ
प्रिय घाम 



एक अपूर्ण खोज

म खोजिरहेछु 
त्यो कालो निशामा
रमाएको समय,
जसले लुकाइदियो 
यो घामसामु
उजस्तै 
उज्यालो इतिहास
र चिनाइदियो
एक कालो परिवेशलाई
सुनले लेखेर 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै