• २०८१ बैशाख ६ बिहीबार

भारती खरेल पुरस्कार प्रा.रमा शर्मालाई प्रदान

kharibot

काठमाडौँ। भारती खरेल प्रतिष्ठानले यस बर्षको भारती खरेल पुरस्कार प्रा.रमा शर्मालाई प्रदान गरेको छ।

उक्त पुरस्कार नेपालमा विगत ५ दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्यको विकास, विस्तार सम्बर्द्धनमा समीक्षा , अनुसन्धान, प्राध्यापन, निबन्ध सृजना र नेपालि शिक्षा परिषद् जस्ता संस्थाको संचालन र व्यवस्थापनका माध्यमबाट दिएको उल्लेखनीय योगदान गरेबापत प्रा शर्मालाई आज आयोजित कार्यक्रममा प्रदान गरिएको छ। सो पुरस्कार प्रदेश ३ की प्रमुख माननीय श्रीमती अनुराधा कोईरालाले एक कार्यक्रमका बीच प्रदान गरेकी छन्।  यस पुरस्कारको राशि  ५१ हजारसहित सम्मानपत्र रहेको छ। 

यो पुरस्कार यसअघि साहित्य साधानाका माध्यबाट बिशिष्ट योगदान दिनुहुने बरिष्ठ साहित्यकारहरु डायमन्ड सम्शेर राना, केशवराज पिडालि, प्रा.गोपालनिधि तिवारी, श्रीमती माधुरि भट्टराई, प्रा डा चूडामणि बन्धु, प्रा जगन्नाथ शर्मा त्रिपाठि, प्रा कृष्णप्रसाद पराजुलि, प्रा शिवगोपाल रिसाल, परशु प्रधान, नरेन्द्रराज प्रसाई, श्रीमती इन्दिरा प्रसाईसहितलाई समेत प्रदान गरिसकिएको छ । 

कार्यक्रमको आयोजनामा साहित्यसाधिका तथा भक्तिमती भारती खरेलको ८१औ जयन्ती तथा वि।सं। २०७५ सालको साहितयसाधनाको क्षेत्रमा प्रदान गरिने भारती खरेल पुरस्कार समर्पण कार्यक्रम भारती खरेल प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार श्री शैलन्द्र साकारज्यूको सभापतित्व र ज्यूको प्रमुक आतिथ्यमा आज एक विशेष समारोहका वीच सु( सम्पन्न भयो। 

उक्त पुरस्कार र सम्मानपत्र ग्रहण गर्दै प्रा शर्माले आफ्नो मतव्य राखेकी थिइन्। कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव प्रा प्रयागराज भट्टराईले आमन्त्रित महानुभावहरुको स्वागत गर्दै प्रतिष्ठानको गतिविधि र प्रतिवेदन संक्षिप्त रुपमा प्रस्तुत गरेका थिए। 

यसै क्रममा पुरस्कृत व्यक्तित्वको योगदान माथि प्रा डा हेमचन्द्र नेपालले बिस्तृत रूपमा प्रकाश पारेका थिए।  कार्यक्रम विरिष्ठ साहित्यकार शैलेन्द्र साकारले धन्यवाद सहित समापन मन्तब्य दिएका थिए । उक्त कार्यक्रम वरिष्ठ विशेषज्ञ तथा साहित्यकार प्रा डा सनतकुमार वस्तीले संचालन गरेका थिए । 

भारती खरेल प्रतिष्ठान, समाजसेवि चन्द्रिकानन्द खरेलले आफ्नी जिवन संगिनी श्रीमती भारती खरेलको स्मृतिमा र आफ्नी माताको स्मृतिमा वरिष्ठ गायक कलाकार तथा समाजसेवी दिपक खरेलले विसं २०४९ सालमा स्थापना गरेका हुन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै