• २०८१ बैशाख ७ शुक्रबार

काम नगर्ने कर्मचारीलाई कारवाही गर्न शहरी बिकासमन्त्रीको निर्देशन

kharibot

काठमाडौँ। शहरी बिकासमन्त्री मोहम्मद इस्तियाक राईले राजनीतिक आवरणमा कामनगर्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनको आइतवार निरीक्षणगर्दै मन्त्री राईले मर्मत संभारको काम सुस्त भएको भन्दै काम नगर्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । मर्मत संभारको काम सुस्त पाइएपछि मन्त्री राईले आगामी पौषको पहिलो हप्तासम्म सम्पुर्ण काम सक्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री राईले संसद भवनभित्रको प्रतिनिधीसभा बैठक कक्ष, राष्ट्रियसभा बैठक कक्ष, शौचालय, ग्यालेरी तथा पार्किङ स्थल, बगैचालगायत भवनको भित्री स्वरुपको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममामन्त्री राईले संसद बैठक आह्वान गर्ने समयभन्दा पहिले नै सम्पुर्ण काम सक्नुपर्ने भएकाले रातदिन नभनेर काम गर्न कर्मचारीलाई निर्देशन दिए । 

सो क्रममा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बिकास समितिका कार्यकारी निर्देशक पुरुषोत्तम अमात्यले कतिपय कर्मचारीले राजनीतिक पँहुच देखाएर काम नगरेका कारण मर्मत संभारमा ढिलाई भएको गुनासो गरेका थिए । मन्त्री राईले राजनीतिक आवरणमा काम नगर्ने कर्मचारीको नामावली आफुलाई बुझाउन निर्देशन दिदै आफ्नो जिम्मेवारी बहन नगर्ने जो कोही भएपनि कारवाही गर्ने चेतावनी दिए । 

संसद भवन जस्तो संवेदनशील ठाँउमा पनि सरकारी तलव खाएर काम नगर्ने कर्मचारीको नाम भोली नै मेरा टेबुलमा पेश गर्नुहोस, आफुसँगै गएका मन्त्रालयका सचिव रमेश कुमार सिंहलाई निर्देशन दिदै मन्त्री राईले भने, 'राजनीतिक आवरणमा काम नगर्ने जो सुकै भएपनि कारकाही गर्नुहोस ।' उनले आवश्यक ऐन नियम, आदेश संशोधन गरेर कामनगर्ने कर्मचारीलाई प्रदेशमा खटाउने चेतावनी दिए । मन्त्री राईले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने समेत बताए।  

संसद अधिवेशन बोलाउने समय नजिकिएसँगै उक्त भवनको भित्रि तथा बाह्य स्वरुप मर्मत सम्भार भइरहेको छ । यद्यपी मर्मत सम्भारको काम सुस्त भएको गुनासो आएपछि निरीक्षणका लागि मन्त्री राई संसद भवन पुगेका थिए ।

शहरी बिकास मन्त्रालयअन्तर्गतको अन्तराष्ट्रिय सम्मेलन केन्द्र बिकास समितिले नयाँ बानेश्वरस्थित संसद भवनको मर्मत संभार तथा सरसफाईको जिम्मा लिदै आएको छ । उक्त समिति अन्तर्गत जम्मा ९८ कर्मचारी कार्यरत छन् । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै