• २०८१ बैशाख ८ शनिबार

नेइमार घाइते भएको खेलमा पिएसजी बराबरीमा रोकियो 

kharibot

काठमाडौँ। फ्रेन्च लिगमा पिएसजी बराबरीमा रोकिएको छ। गएराती भएको खेलमा पिएसजी बर्डिअक्ससँग २-२ गोलको बराबरीमा रोकिएको हो। 

बर्डिअक्सका लागि जिम्मी ब्रियन्ड र आन्द्रेयस कोर्नेलियसले एक एक गोल गरेका थिए भने पिएसजीका लागि नेइमार र एम्बाप्पेले एक एक गोल गरेका थिए। 

पिएसजीको यस खेलमा नेइमार घाइते भएका छन्। उनी मसलमा समस्या भएपछि खेलको ५७औ मिनेटमा मैदान छोडेका थिए।  

पिएसजीले यस सिजनमा खेलेका १५ खेलमा पहिलो पटक बराबरी खेलेको छ। पिएसजीले १४ खेलमा जित हासिल गर्दै अहिले १५ खेलमा ४३ अंकसहित शिर्ष स्थानमा रहेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै