• २०८१ बैशाख ८ शनिबार

ललितपुरको एकान्तकुनामा सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

kharibot

काठमाडौँ। ललितपुरको एकान्तकुनामा गएराती भएको सवारी दुर्घटनामा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी वृत कालीमाटीमा कार्यरत प्रहरी जवान सुमन प्रसाद कँडेलको मृत्यु भएको हो । 

कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको स्कुटर गएराती साढे ९ बजे दुर्घटना भएको हो । सडकमा लडिरहेको अवस्थामा भेटिएका कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल जावलाखेल पुरयाएका थिए । उनको उपचारको क्रममा गएराती १० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

दुर्घटनामा सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै