• २०८१ बैशाख ८ शनिबार

मंगलग्रहबारे १० रोचक तथ्य : यस्ता छन् पृथ्वी र मंगलका फरकहरु ! 

kharibot

फाइल तस्बिर ।

काठमाडौं । मंगलग्रहको बारेमा विस्तृत अध्ययनको लागि नासाले पठाएको इनसाइट ल्याण्डर गत सोमबार उक्त ग्रहको सतहमा पुगेको छ । उक्त यान गत ५ मेमा पृथ्वीबाट प्रक्षेपण गरिएको थियो । 

३० करोड माइल अर्थात् ४५ करोड ८ लाख किमिको दूरी पार गर्दै गत हप्ताको सोमबार मंगलग्रहमा पुगेको यान मंगलको सतहको एलिसियम प्लानिसिया नामको सफा मैदानमा अवतरण गरेको थियो । यो ठाउँ मंगलको भूमध्यरेखाको नजिक रहेको छ । 

यसको उद्देश्य मंगलको भित्री सतहको बनावट र रहस्यबारे खोतल्नु हुनेछ । उक्त यानले अहिले सौर्य शक्तिको लागि सोलार प्यानल फिँजाएर चार्ज गरिरहेको वैज्ञानिकहरुले बताएका छन् । 
मंगल ग्रहको बारेमा खासगरी १० वटा रोचक तथ्य रहेका छन्  -

  • हाम्रो सौर्यमण्डलमा रहेका ग्रहको कुरा गर्नुपर्दा मंगलग्रह सूर्यदेखि १४ करोड २ लाख माइलको दूरीमा छ । सौर्यमण्डलमा पृथ्वी तेस्रो नम्बरमा रहँदा मंगलग्रह चौँथो नम्बरमै रहेको छ । पृथ्वी सूर्यदेखि ९ करोड ३ लाख माइलको दूरीमा रहेको छ । 

    पृथ्वीको तुलनामा मंगलग्रह लगभग यसको आधा रहेको छ । पृथ्वीको व्यास ७ हजार ९ सय २६ माइलको रहँदा मंगलको व्यास ४ हजार २ सय २० माइल छ । तर तौलको कुरा गर्दा मंगल पृथ्वीको दशौँ भागबराबर छ । 


  • मंगलले सूर्यलाई पूरा परिक्रमा गर्न ६ सय ८७ दिन लगाउँछ । यस आधारमा पृथ्वीको तुलनामा मंगल सूर्यको परिक्रमा गर्न दुई गुणा समय लिन्छ । मंगलमा ६ सय ८७ दिनको १ वर्ष हुन्छ । 


  • मंगलमा एक दिन २४ घण्टा ३७ मिनेटको हुन्छ । 


  • आँत कँपाउने चिसो, धूलैधूलोको आँधी पृथ्वीमा भन्दा ज्यादा हुन्छ । यद्यपि जीवनको लागि मंगलको भौगोलिक अवस्था निकै राम्रो मानिएको छ । गर्मीमा यहाँ सबैभन्दा धेरै ३० डिग्री सेल्सियस तापक्रम हुन्छ भने जाडोमा शून्यबाट पनि घटेर १ सय ४० डिग्री सेल्सियससम्म पुग्छ ।  


  • पृथ्वीमा जस्तै मंगलमा पनि एक वर्षमा चार प्रकारका मौसम आउँछन् । पतझर, ग्रीष्म, शरद र शीत ती चार मौसम हुन् । पृथ्वीको तुलनामा मंगलमा हरेक मौसम लगभग दुई गुण बढी समयको हुन्छ । 


  • पृथ्वी र मंगलमा फरक गुरुत्वाकर्षण शक्ति रहेकाले पृथ्वीमा १०० पाउण्ड तौलयुक्त व्यक्ति मंगलमा केवल ३८ पाउण्डको मात्रै हुन्छ । 


  • मंगलका दुईवटा चन्द्रमा छन्, फोबोस (१३.८माइल) र डेमियोस (७.८ माइल व्यास) । 


  • मंगल र पृथ्वी दुवै चार तहको बनावट भएका ग्रह हुन् । पहिलो क्रस्ट जुन फलामयुक्त बसाल्टिक पत्थरबाट, दोस्रो म्यान्टल जुन सिलिकेट पत्थर, तेस्रो र चौँथो बाहिरी र भित्री कोर हुन्, जुन पृथ्वीकै जथस्तो फलाम र निकेलबाट बनेको विश्वास गरिन्छ । तर एकदमै भित्री भागमा धातु तरलमा छ कि ठोसमा छ भन्न एकीन हुन बाँकी नै छ । 


  • १० मंगलको वातावरणमा ९६ प्रतिशत कार्बन डाई अक्साइड रहेको छ भने १.९३ प्रतिशत आर्गन, ०.१४ प्रतिशत अक्सिजन र २ प्रतिशत नाइट्रोजन रहेको छ । 


  • वैज्ञानिकहरुले यहाँको वातावरणमा कार्बन मोनोअक्साइडको संकेत समेत फेला पारेका छन् । 


  • बीबीसी हिन्दीबाट । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै