• २०८१ बैशाख ७ शुक्रबार

१६ करोडमा बिक्री भयो ६० वर्ष पुरानो एक बोटल ह्विस्की !

kharibot

लण्डन । विश्वकै महंगो ह्विस्की बोटल १६ करोड ७५ लाख रुपैयाँ अर्थात् १.५ मिलियन अमेरिकी डलरमा लण्डनस्थित क्रिस्टीजमा बिक्री भएको छ । 

आइरिस कलाकार माइकेल डिलोनले पेन्ट गरेको उक्त बोटल अहिलेसम्मकै महंगो मूल्यमा बिक्री भएको बताइएको छ ।

यसअघि एडिनबर्गको बोनहाम्समा १९२६ भिन्टेज बोटल १.१ मिलियन डलरमा बिक्री भएको थियो । द म्याकालान १९२६ नामको ह्विस्की जुन सन् १९८६ मा भरिएको थियो, ६ दशकपछि बिक्री भएको हो । 

२०औँ शताब्दीमा बनेको ह्विस्की एकदमै राम्रो रहेको बताइएको छ । 

  • सीएनएनबाट भावानुदित । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै