• २०८१ बैशाख ८ शनिबार

प्रभुु इन्स्योरेन्स कम्पनीले १९ प्रतिशत लाभांश वितरण गर्ने

kharibot

काठमाडौं ।  प्रभुु इन्स्योेरेन्स कम्पनीले १९ दसमलव २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पुंजीको १९ दसमलव २० प्रतिशतको अनुपातमा ११ करोड आठ लाख ८४ हजार पाँच सय ३९ रुपैयाँ बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

यस बाहेक कर प्रयोजनको लागि ५८ लाख ३६ हजार २८ रुपैयाँ नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । लाभांश वितरणका सम्वन्धमा कम्पनीको यही असोज दुुई गते बसेको सञ्चालक समितिको तीन सय ५३ औं बैठकले गरेको निर्णय बीमा समितीको स्वीकृती एवं कम्पनीको आगामाी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

चुक्ता पुंजी ५७ करोड ७५ लाख २४ हजार रुपैयाँ रहेको कम्पनीले आर्थिक वर्ष २०७३—०७४ मा १७ करोड ३८ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै