• २०८१ बैशाख ७ शुक्रबार

विराटनगर वारियरले गर्यो इपिएलका लागि ४ विदेशी खेलाडीसहित भारतीय प्रशिक्षक अनुबन्ध 

kharibot

काठमाडौँ। यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा विराटनगरले ४ विदेशी खेलाडी अनुबन्ध गरेको छ।

विराटनगरले अनुबन्ध गरेका ४ विदेशी खेलाडीमा हङकङका खेलाडी बबर ह्यात, नेदरल्यान्ड्सका रोएलओफ भान डेर मेर्वे र पाउल भान मीकेरन रहेका छन् भने भारतका अलराउन्डर समीत पटेल रहेका छन्।     

त्यस्तै विराटनगरले इपिएलको यस सिजनका लागि भारतीय प्रशिक्षक उमेश पट्वाललाई समेत नियुक्त गरेको छ। विराटनगरवारियरको कप्तान नेपाली राष्ट्रिय टिमका खेलाडी पारस खड्का रहेका छन्। 

यही मङ्सिर २२ गतेदिख शुरु भई पुस ७ गते समापन हुनेछ । आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिका अनुसार प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रियस, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै