• २०८१ बैशाख ७ शुक्रबार

साउदी अरब हावी रहेको ओपेकबाट कतारको बाहिरिने घोषणा 

kharibot

दोहा, कतार। एएफपी कतारले ग्यास उत्पादनमा आफ्नो क्षमता बढाउने लक्ष्यका साथ सन् २०१९ को शुरूमा तेल निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) बाट बाहिरिने भएको कतारका इन्धन मन्त्री साद अल–कावीले सोमबार घोषणा गरेका छन् । 

साउदी अरब हावी देखिने ओपेकमा कतार सन् १९६१ देखि सदस्य वन्दै आएको थियो । पूर्व सहयोगी मित्रराष्ट्र साउदी अरबले विगत १८ महिना यता दोहालाई बहिस्कार गर्दै आएको अवस्थामा कतारको यो निर्णय आएको हो । 

कतारले सन् २०१९ को जनवरीदेखि लागु हुनेगरी ओपेकबाट छुट्टिने घोषणा गरेको हो । इन्धनमन्त्री कावीले दोहामा सोमबार विहान एक प्रेस सम्मेलन गरी उक्त सूचना सार्वजनिक गरेका हुन् । 

यद्यपि कतारको यो पछिल्लो निर्णय साउदी अरब वा यसका अन्य सहयोगी खाडी राष्ट्रसँग तनाव बढाउने उद्देश्यबाट प्रेरित भने नभएको मन्त्री कावीले जनाएका छन् । 

उनले कतारको निर्णयलाई ‘प्राविधिक र रणनीतिक’ भएको बताउँदै यसको कतारलाई लगाइएको नाकावन्दीसँग कुनै सम्बन्ध नरहेको पनि प्रष्ट पारेका छन्।  

कतारले तेल उत्पादनलाई निरन्तरता दिने र ल्याटिन अमेरिकी मुलुकको सबैभन्दा धेरै तेल आयात गर्ने मुलुक ब्राजिललगायतका देशहरूसँग सम्झौता गरेर अघि बढ्ने कावीले बताए । 

तर आगामी दिनमा कतारको प्रमुख प्राथमिकता ग्यास उत्पादन गर्नु हो । कतार ग्यास आपूर्तिका हिसाबले विश्वको सवैभन्दा धेरै ग्यास आपूर्ति गर्ने मुलुक हो । कतारले हालको ग्यास उत्पादनलाई सन् २०२४ सम्म प्रतिबर्ष ११ करोड टन ग्यास उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै उसले ग्यास आपूर्तिलाई विशेष महत्व दिने रहने मन्त्री कावीले बताए । 

कतारले प्रतिदिन छ लाख ब्यारेल तेल उत्पादन गर्ने गरेको र यो कच्चा तेल उत्पादनका हिसाबले १७औँ ठूलो तेल उत्पादक राष्ट्र हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै