काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटाएको हो ।
निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो ।
यससँगै अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १ सय १२ तथा डिजेल र मट्टितेलको ९९ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा केही बलियो भएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।