• २०८१ बैशाख १२ बुधबार

मङ्सिर महीनाभित्र प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री राई

kharibot

विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यही मङ्सिर महीनाभित्रै प्रदेश सरकार विस्तार हुने बताएका छन् । 

विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले कामको चापको हिसाबले प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिने प्रस्ट पारे । मुख्यमन्त्री राईले धेरै विभागसँगै राखेर मन्त्रालय चलाउन अप्ठ्यारो भएको हुनाले मन्त्रालय विभाजन गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको विषय माथिल्लो तहमा टुङ्गो लागिसकेको जानकारी दिँदै आगामी हिउँदे अधिवेशनमा यस विषयको टुङ्गो लाग्ने विश्वास व्यक्त गरे । उनले प्रदेशको हिउँदे अधिवेशन आगामी पुसको पहिलो हप्ता बस्ने र त्योभन्दा अगाडि संसदीय दलको बैठक बसी सहमतिका आधारमा नाम र स्थायी राजधानीको विषय टुङ्ग्याउने बताए । 

एक प्रश्नको जवाफमा मुख्यमन्त्री राईले मन्त्रिपरिषद्मा सङ्घीय समाजवादी फोरमलाई पनि ल्याउने विषयमा टुङ्गो नलागेको जानकारी दिए । मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तारमा महिलाको प्रतिनिधित्व गराइनेसमेत जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै