• २०८१ बैशाख ६ बिहीबार

मैले बेलुन डो अर जित्न अब के गर्नुपर्ने हो - एन्टोनी ग्रीजम्यान 

kharibot

काठमाडौँ। एथलेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने फ्रेन्च स्टार फुटबलर एन्टोनी ग्रीजम्यानले यस पटकको बेलुन डो अर नजितेकोमा निराश अभिव्यक्ति दिएका छन्। 

क्रोसियाका लुका मोड्रीचले टस बर्षको बेलुन डो अर जित्दा ग्रीजम्यान तेस्रो स्थानमा रहेका थिए। ग्रीजम्यानले कुल ४१४ मत पाएका छन् भने उनले भन्दा धेरै क्रिस्टियानो रोनाल्डोले ४७६ र उपाधि जितेका मोड्रीचले ७५३ मत पाएका थिए। 

ग्रीजम्यानले यस बर्ष दुई महत्वपूर्ण उपाधि जितेका थिए। एथलेटिको  म्याड्रिडलाई युरोपा लिगको उपाधि जिताएका थिए भने फ्रान्सलाई विश्वकपको उपाधि जिताएका थिए। युरोपा कपको उपाधि जित्न ग्रीजम्यानले सेमिफाइनलमा आर्सनल र फाइनलमा मार्सेलीविरुद्ध निर्णायक भूमिका खेलेका थिए। त्यस्तै विश्वकपमा ग्रीजम्यानले ४ गोल गरेका थिए भने २ गोल असिस्ट पनि गरेका थिए जसमा एक गोल बेलुन डो अर विजेता मोड्रीचको देश क्रोसियाविरुद्ध पनि रहेको छ।

फुटबलमा पाएको यो सफलतासँगै उनले फुटबलको उपाधि नजितेकोमा उनी स्वयं हैरान बह्येको प्रतिक्रिया दिएका छन्। ग्रीजम्यानले मैले बेलुन डो अर जित्न थप अब के गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन्। ग्रीजम्यानले मैले युरोपा लिग, विश्वकप जित्दा पनि अवार्ड नपाए अब के गर्नुपर्ने हो आफुले नबुझेको बताए। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै