• २०८१ बैशाख १२ बुधबार

दीपकको 'मन मगन' युट्युबमा एक करोड पटक हेरियो

kharibot

काठमाडौँ। चर्चित गायक दीपक बज्राचार्यको गीत ‘मन मगन’ लाई युट्युबमा एक करोड पटक हेरिएको छ । नेपाली बाजा प्रयोग गरेर बनाइएको यस गीतलाई दर्शकले अत्यधिक मन पराएका हुन्। 

गत अप्रिल १३ मा युट्युबमा राखिएको यस गीतलाई युट्युबमा रिलिज भएको लगभग ८ महिनापछि १ करोड भन्दा धेरै पटक हेरिने गीत बनेको हो। 
 
रिक्की शाक्यको शब्द रहेको गीतमा गायकदीपककै संगीत रहेको छ । गीतमा रिदम ब्याण्डको संगीत संयोजन रहेको छ । गीतको भिडियोलाई सुब्रत राज आचार्यले निदेशन गरेका हुन् भने अनिल मानन्धरले खिचेका हुन् । गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

गीतको नेपाली सँगै नेवारी र हिन्दी भाषामा बनिसकेको छ । यि सबै भाषाका गीतहरु युट्युबमा सार्वजनिक समेत भईसकेको छ । केहि समय अघि खरीबोटसँगको कुराकानीमा दीपकले अन्य भाषामा पनि निकाल्ने तयारीमा रहेको बताएका छन्। 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै