• २०८१ बैशाख ८ शनिबार

फास्ट ट्रयाक खोल्न काटिएका ४० हजार क्युफिट काठ कुहिन थाले

kharibot

बारा। मुलुकको पुर्वाधार विकासका क्रममा बारा, मकवानपुर लगायतका विभिन्न जिल्लामा काटिएका काठ राज्यले समयमा व्यावस्थापन गर्न नसिक्दा कुहिन थालेको छ । 

बाराको निजगढ देखि काठमाण्डौं द्रुत मार्ग निर्माणका लागि काटिएका करिव ४० हजार क्युफिट काठहरु व्यवस्थापन हुँन नसक्दा कुहिन थालेका हुन् । 

नेपाली सेनाले द्रुत मार्गको ट्रयाक खोल्ने क्रममा काटिएका काठहरु १० महिना अघि नै सम्बन्धित सामुदायिक वन र तत्कालिन जिल्ला वन कार्यालयलाई बुझाए पनि सो काठ समय मैं बिक्री वितरण नहुँदा कुहिन थालेको हो । 

संबन्धित निकायका मन्त्रालय , विभाग र डिभिजन वन कार्यालयले लिलाम बिक्रीको आदेशमा ढिला सुस्ती गरिदिदा वेवारिसी अवस्थामा काठ कुहिँदै गएको हो ।

नेपाली सेनाले १० महिना अगाडी जिम्मा लगाएको काठ डिभिजन वन बिक्री वितरण गर्न कार्यालयले प्रक्रिया पुरयाउँन ढिलासुस्ती गर्दा एका तिर काठ कुहिँदै गएको छ , भने अर्को तिर उपभोक्ताहरुलाई अत्याआवश्यक काठ पनि दिन नपाएको बकैया नागमणि सामुदायिक वन उपभोक्ता समुँहका अध्यक्ष रविराज दंगाले बताए । उनले आँफु प्रक्रियाका लागि डिभिजन वन देखि मन्त्रालय सम्म धाएको गुनासो समेत गरेका छन् ।

यता डिभिजन वन कार्यालय बाराका प्रमुख ज्ञानेन्द्र कुमार मिश्रले केहि कागजी प्रकृया नमिलेका कारण ढिलाई भएको बताएका छन् । उनले फास्ट ट्रयाक अन्तरर्गत रहेको जिल्ला वन र चार वटा सामुदायीक वन मध्ये तीन वटामा पर्ने रुख कटानको लगत आएको र एउटाको आउँन अझै बाँकी रहेकोले समस्या आएको बताए । मिश्रले केहि समय भित्रमा काठको व्यवस्थापन शुरु भएको बताए । 

बारामा फास्ट ट्रयाक निर्माणका लागि नेपाली सेनाले पाँच वटा बल्कमा रहेर काटेको ४० हजार क्युफिट काठ कुहिँदै जाँदा एका तिर राज्यले लाखौं रुपैयाँको राजश्व गुमाउँनु परेको छ , भने अर्का तिर आम उपभोक्ताहरु यसको मारमा परेका छन् । 

बन कै आय आर्जनबाट सञ्चालन हुँदै आएका दर्जनौं सामुदयिक वनहरुको पनि उस्तै पिडा छ । कतिपय सामुदायिक वनहरुलाई कार्यालय सञ्चालन गर्न समेत हम्मे हम्मे परेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै