• २०८१ बैशाख ७ शुक्रबार

इन्जिनियर्स एसोसिएसनको चुनावी माहोल तात्दै, यसो भन्छन् उम्मेदवार 

kharibot

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको यही २८ गते हुने निर्वाचनको लागि प्रगतिशील समूह प्रचारप्रसारमा सक्रिय भएको छ । देशव्यापी प्रचारप्रसार गरेर उपत्यका फर्केको उक्त समूहले १८ जनाको केन्द्रीय कार्यसमितिमा सबै पदमा उमेदवार तोकेको छ । 

१७ हजार मतदाता रहेको उक्त एसोसिएसनको १८ सदस्य निर्वाचनबाट केन्द्रीय समितिमा प्रत्यक्ष निवार्चित हुनेछन् भने सात प्रदेशबाट सात जना निर्वाचित हुनेछन् । ३२औं केन्द्रीय कार्यकारी समितिको निर्वाचनमा आगामी नेतृत्व छानिनेछ । प्रगतिशील समूहबाट नेतृत्व इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका डिन प्रा. डा.त्रिरत्न बज्राचार्यको समूह  र प्रजातान्त्रिक समूहबाट धिरेन्द्रमान प्रधानको समूह प्रतिस्पर्धामा रहेको छ । 

उपाध्यक्षमा आषिश घिमिरे, महासचिवमा छविराज पोख्रेल, उपमहासचिब कपिल आचार्य, कोषाध्यक्ष राम एकवाल यादव, सहकोषाध्यक्ष चाँदमाला श्रेष्ठ र सदस्यहरु क्रमशः प्रकाश सापकोटा, छविलाल अधिकारी, शिव चापागाई, दिलिप कुमार विश्वकर्मा, टेकबहादुर कटुवाल, दिपे्रन्द्र जम्कट्टेल, ज्ञानेन्द्रप्रसाद कलौनी, गजेन्द्र कुमार झा, चक्र चुनाणि भट्ट।, रोशन भट्टराई, अनिस नेपाल, सुगन्ध सुवेदी रहेका छन् ।

समूहका उपमहासचिव कपिल आचार्य आफ्नो टिमले जित्नेमा ढुक्क देखिन्छन । उनी भन्छन्, ‘प्रचारबाट सकारात्मक प्रतिक्रिया आउछ राम्रो ढगंले अगाडि बढेको छ ।’ 
उनले खरीबोटसँग कुरा गर्दै फिल्डमा जोखिम मोल्दै काम गर्नुपर्ने अवस्था रहेकोले दुर्घटनामा पर्नसक्ने सम्भावना बढी हुने बताए । सोही कारण उनको समूहले सामूहिक  दुर्घटना बीमालाई जोड दिएको छ । निर्वाचनपश्चात्को पहिलो बैठकबाट नै नेपाल इन्जिनियर्स एसोसियसनका सबै सदस्यहरुको सामूहिक बीमाको सुविधा दिने व्यवस्था गर्ने प्रगतिशील समूहका आचार्यले बताए । 

प्रगतिशील समूहले आम इन्जिनिएरहरुको हकहितको संरक्षण, पेशागत क्षमता अभिवृद्धि, रोजगार पर्वद्धन ,गुणस्तरीय इन्जिनिएरिङ शिक्षा, नीतिगत सुधार, सहकार्य एवं समन्वय, नेईए सम्बन्धी, सम्मान तथा उत्प्रेरणा लगायतका प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् ।  “समृद्द नेपाल सुखी नेपाली”को नारालाई  साकार पार्न सरकारसँग हात मिलाउने भन्दै आचार्यले सरकारी कार्यालयमा प्रशासनिक हावी भएको छ भने निजी क्षेत्रमा न्युनतम ज्याला पनि नपाएको अवस्था छ, न्युनतम सेवासुविधामा रहेर प्रतिवद्ध र जिम्मेवार ढंगले काम गर्ने वातावरणको लागि पहल गर्ने बताएका छन् । 

नेपालमा काम गर्ने इन्जिनियरहरुको लगानीमा इन्जिनिएर्स हाइड्रो निमार्ण गर्ने गर्ने, इन्जिनिएर्स स्टाप कलेज तथा रिसर्च सेन्टर दुई वर्ष भित्रमा सञ्चालनमा ल्याउने, युवा इन्जिनिएरले नलेज नभएर काम नपाएको अवस्था देखिएकोले सिनियरको अनुभव सिकाउने ढंगले सेन्टर सञ्चालन गर्ने लगायतका कार्य गर्ने योजना रहेको आचार्यले बताए । 

नेपाल निमार्णमा इन्जिनियरको महत्वपर्ण भुमिका हुने भन्दै नयाँ विद्यार्थीलाई ६ महिनादेखि १ वर्षसम्मको इन्टनसीपको व्यवस्था गर्न पहल गर्ने, जागिर गर्नेभन्दा पनि उद्यमी युवा बनाउन पहल गर्ने, इन्जिनियरिङ गरेकाको लागि व्यावसायिक बनाउन  १५ लाख निर्व्याजी ऋण पाउने व्यवस्था गर्ने लगायतको एजेण्डा रहेको आचार्यले बताए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै