नेपाल सरकार र अमेरिकाद्वारा रामेछापमा पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण

खरीबोट

रामेछाप। नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालय र एशियाली विकास बैंकसँगको सहकार्यमा रामेछाप जिल्लाको गौरीशंकर माध्यमिक विद्यालय भवन हस्तान्तरण गरेका छन् । 

यो विद्यालय २०७२ सालको भूकम्पमा नराम्ररी क्षतिग्रस्त भएको थियो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको सहयोगमा पुनर्निर्माण भइरहेका २९ नयाँ विद्यालयमध्ये सबभन्दा पहिले निर्माण सम्पन्न विद्यालय पनि यही हो ।

हस्तान्तरण समारोहमा राजदूत बेरीले भने, “अमेरिकी सरकार नेपाल सरकार र यहाँका जनतासँग मिलेर सुरक्षित नयाँ विद्यालय बनाउन पाउँदा हामी गौरवान्वित भएका छौं । स्वस्थ र सुशिक्षित मुलुक, २०७२ को भूकम्पले थोपरेको कहरलाई पन्साएर आत्मनिर्भरताको यात्रामा सहज अगाडि बढ्न सक्छ ।”

नेपाल सरकार र अन्य विकास साझेदारहरूसँगको परामर्शमा अमेरिकी सरकारले सामुदायिक संरचनाहरू, खासगरी विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माणलाई प्रथमिकता दिएको छ किनभने शिक्षा र स्वास्थ्य समाज विकासको महत्वपूर्ण अंग हुन् । यससँगसँगै २०७२ को भूकम्पपछि विकासको गतिलाई अवरुद्ध हुन नदिन पनि शिक्षा र स्वास्थ्यलाई प्रथमिकता दिन आवश्यक छ । 

अनुसन्धानहरूले देखाए अनुसार माध्यमिक तहको शिक्षाले छात्राहरूलाई तिनको जीवनमा तिनले उत्तीर्ण गरेका प्रतिकक्षा २५ प्रतिशतका दरले अधिक ज्याला पाउने सम्भावना बढाउँछ । त्यति मात्रै होइन शिक्षाले महिला र तिनको परिवारको स्वास्थ्य अवस्थामा अचम्मैको सकारात्मक लहर ल्याउँछ । त्यसरी नै नेपालको आर्थिक समृद्धिका लागि स्वस्थ जनशक्ति तयार पार्न स्वास्थ्यमा आम मानिसको पहुँच आवश्यक छ । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग हाल भूकम्प प्रभावित क्षेत्रका जम्मा ३६ वटा विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माणमा व्यस्त छ ।

२०७२ को भूकम्प पश्चात त्यसबाट प्रभावितहरूको उद्धार र सहयोगमा अमेरिकी सरकारले १९ करोड अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ । यस कोषबाट ४३ हजार घरपरिवारलाई आधुनिक तथा सुरक्षित घर पुनर्निर्माणमा सहयोग गरेको छ ।  त्यसरी नै १५ हजार इञ्जिनियर, निर्माण व्यवसायी, निर्माण प्राविधिक, डकर्मी र सिकर्मीहरूलाई भूकम्प प्रतिरोधी निर्माण प्रविधिसम्बन्धी तालिम प्रदान गरेको छ ।

त्यसरी नै एक हजार अस्थायी सिकाइ केन्द्रहरू, २५० संक्रमणकालीन सिकाइ केन्द्रहरूको पुनर्निर्माण गरेको छ । त्यस्तै जोखिममा परेका ९७ हजार विद्यार्थीलाई विद्यालय शिक्षा सुचारु राख्न सकून् भनेर अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको छ ।

सम्बन्धित समाचार

नेपाल बैकद्वारा विद्यालयलाई ३ लाख सहयोग 

काठमाडौं । नेपाल बैक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौ कालीमाटीस्थित नील वाराही उच्च माध्यमिक विद्यालयलाई ३ लाख आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयमा करिव २४०को हाराहारीमा रहेका असहाय

नेपालका विद्यालयमा चिनियाँ भाषा पढाउने तयारी

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताएका छन् ।  नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले आयोजना गरेको ‘चीनमा पढेका विद्यार्थीको पाँचौँ जमघट’ कार्यक्रममा

त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला

काठमाडौँ । सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ । कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ निकटका विद्यार्थीले ताला लगाएका हुन् । ब्याचलर

नेपाल सरकार र अमेरिकाद्वारा रामेछापमा पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण

रामेछाप। नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालय र एशियाली विकास बैंकसँगको सहकार्यमा रामेछाप जिल्लाको गौरीशंकर माध्यमिक विद्यालय भवन हस्तान्तरण गरेका छन् ।  यो विद्यालय २०७२ सालको


z