• २०८१ बैशाख ७ शुक्रबार

गौतम गम्भीरको क्रिकेटका सबै फर्म्याटबाट सन्यास

kharibot

काठमाडौँ। भारतीय क्रिकेटर गौतम गम्भीरले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिएका छन् । पछिल्लो समय इण्डियन प्रिमियर लिग (आइपिएल) मात्र खेलिरहेका गम्भीरले अब सबै किसिमका क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। 

भारतलाई सन् २००७ को टि–२० विश्वकप र सन् २०११ को एकदिवसिय विश्वकप जिताउन महत्वपूर्ण योगदान गरेका गम्भीरले अन्तिम पटक राष्ट्रिय टिमका २०१६ मा इङल्याण्डविरुद्ध टेस्ट क्रिकेट खेलेका थिए। त्यसपछि उनि टिममा परेका थिएनन्।  ३७ वर्षीय गम्भीरले भारतका लागि ५८ टेस्ट, १४७ एक दिवसिय र ३७ टि–२० खेल खेलेका छन् ।

गम्भीरले ५८ टेस्टको १०४ पारीमा ९९ शतक र २२ अर्धशतकसहित ४१५४ रन बनाएका छन्। त्यस्तै १४७ एकदिवसीय खेलमा २२ शतक र ३४ अर्धशतक सहित ५२३८ रन बनाएका छन्।  त्यस्तै ३७ टी-२० खेलमा ७ अर्धशतकसहित ९३२ रन बनाएका छन्। 

गम्भीरले २००७ को टी–२० विश्वकपको फाइनलमा पाकिस्तानविरुद्ध ७५ रन र २०११ को एकदिवसिय विश्वकपको फाइनलमा श्रीलंकाविरुद्ध ९७ रनको उत्कृष्ट पारी खेल्दै दुवै विश्वकप जिताउन महत्वपूर्ण योगदान दिए। 

रणजी ट्रफी अन्तर्गत आन्द्रप्रदेसविरुद्धको खेल ३७ वर्षे गाम्भीरको करियरको अन्तिम खेल हुने बताएका छन् । 

आइपिएलमा कोलकाता नाइट राइडर्सलाई सन् २०१२ र २०१४ को इण्डियन प्रिमियर लिगको उपाधि जिताउदा गम्भीर सो टिमको कप्तान थिए। गम्भीरले गत आइपिएलमा खराब प्रदर्शनपछि दिल्ली डेयरडेभिल्सको कप्तानी आइपिएलकै क्रममा छोडेका थिए। यस सिजनका लागि दिल्लीले रिलिज गरेका १० खेलाडीमा गम्भीर पनि रहेका छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै