• २०८१ बैशाख ८ शनिबार

सर्वोच्चका ‘श्रीमान्’ रावतविरुद्ध श्रीमती धर्नामा ! 

kharibot

काठमाडौं । सर्वोच्च अदालतका बहालवाला न्यायाधीश प्रकाशमान सिंह रावतविरुद्ध श्रीमती ललिता रावत घरको गेटैमा धर्नामा बसेकी छिन् । बुधबार गेटमै परिवारका सदस्यसहित धर्ना बसेपछि बाक्लो प्रहरी उपस्थिति र मानिसहरुको भीड लागेको थियो । 

आफ्नो छोरा १५ वर्षदेखि श्रीमानले नदिएको आरोप श्रीमतीको छ । उनकी नाताले छोरी पर्ने सोनिका तामाङले आमाले श्रीमानकै सहमतिमा छोराको जन्मदर्ता गरे पनि कीर्ते आरोप लगाएर आमा ललितालाई न्यायाधीश रावतले २२ दिन जेल पठाएको खरीबोटसँग दुःखेसो पोखिन् । न्यायाधीश रावत हाल हप्ता/१० दिनदेखि डिल्लीबजारस्थित घरमा नआएको उनले बताइन् ।

श्रीमतीले आफ्नो नाम कीर्ते गरेको भन्दै न्यायाधीश रावतले बाबुराम चौहान, शिवराम चौहान, बुनु चौहान र ललिता सिंह रावतलाई २२ दिनसम्म जेल राखेको आरोप लागेको छ । उनका अनुसार न्यायाधीश रावतले हाल श्रीमती ललिता रावतसँग डिभोर्स माग गरिरहेका छन् भने श्रीमतीले पनि आफूहरुविरुद्ध हालेको कीर्ते मुद्दा फिर्ता गर्न माग गरिरहेका छन् । यही १६ गते श्रीमती श्रीमानको डिल्लीबजारस्थित घरमा आएर बसिरहे पनि न्यायाधीश श्रीमान् भागेको श्रीमती पक्षले बताएको छ । 

त्यस्तै न्यायाधीश रावतले आफूलाई तीन महिनाअघि छोराको जन्मदर्ता गर्न पठाए पनि हाल सोही कारण कीर्ते मुद्दा दर्ता गरी जेल पठाएको, टर्चर दिएको र डिभोर्स मागेको श्रीमती पक्षले आरोप लगाएको छ । 

परिवारका सदस्यलाई थाहै नदिई नक्कली छोरा बनाएर जन्मदर्ता गरेको अभियोगपछि ससुरा बलबहादुर रावतले ललिताविरुद्ध उजुरी दिएका थिए । सोही कारण उनी २२ दिनसम्म जेल बसेकी थिइन् ।

विवाह भएको १४ वर्षसम्म पनि प्रकाशमान र ललिताका कुनै सन्तान नभएपछि श्रीमानकै सहमतिमा दाजु र भाउजुको सन्तानलाई आफ्नो बनाएर जन्मदर्ता गराएको प्रहरीमा ललिताले बयान दिएको समाचार आएको थियो तर श्रीमान् रावतले भने उक्त कुरा आफूलाई केही थाहा नभएको बताएका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै