त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला

खरीबोट

काठमाडौँ । सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ ।

कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ निकटका विद्यार्थीले ताला लगाएका हुन् । ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए) लगायत केही विषयमा सम्बन्धन दिँदा मापदण्ड नपुर्याई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा ताला लगाउनुपरेको सङ्घका त्रिवी एकाइका जगदिश भट्टले जानकारी दिए ।

उनीहरुले यही मङ्सिर १६ गते ताला लगाएका हुन् । त्रिविले हालै ११६ क्याम्पसमा विसिएलगायत अन्य विषयमा सम्बन्धन दिएकामा त्यसको खारेजीको माग गरेका हुन् । भट्टले सम्बन्धन दिएको विषयको खारेज नभएसम्म ताला यथावत रहने जानकारी दिए । तालाबन्दीका कारण कामकाज रोकिएको योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदिशकुमार पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार

त्रिभुवन विश्वविद्यालयको बेरुजु रु २१ अर्बभन्दा बढी

काठमाडौँ । चालू आर्थिक वर्षमा त्रिभुवन विश्वविद्यालयको बेरुजु रु २१ अर्ब १२ करोड ७२ लाख ३१ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/७५ को

अब ट्रान्सक्रिप्ट २४ घण्टामै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अबदेखि स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र (ट्रान्सक्रिष्ट) २४ घष्टामा नै उपलब्ध गराउने भएको छ । शुरुमा शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिष्ट उपलब्ध गराउँदै आएको त्रिविले अवदेखि

त्रिभुवन विश्वविद्यालयको उपकुलपति र डीन कार्यालयमा तालाबन्दी

काठमाडौँ । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षाबाट वञ्चित भएको विषयमा शीघ्र कारवाहीको माग गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)

त्रिभुवन विश्वविद्यालयका सहायक डिन निलम्बित

काठमाडौँ ।केन्द्रीय त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साह निलम्बन गरेको छ ।  बुधबार बसेको परिषद्को आकस्मिक बैठकले साहलाई निलम्बन गर्ने निर्णय गरेको रजिस्टार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिएका


z