चीन–अमेरिकाबीचका सहमति कार्यान्वयन गर्न चीन तयार

खरीबोट

चीन । चीनले करवृद्धिका योजनाहरु तत्काल स्थगन गर्नेगरी संयुक्त राज्य अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने जनाएको छ । अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच भएको सहमतिका बारेमा भने विस्तृत विवरण दिन चीनले अस्वीकार गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी कारमा लाग्दै आएको कर घटाउने र तत्कालै अमेरिकी कृषिजन्य वस्तुको खरिद गर्ने चीनले प्रतिबद्धता व्यक्त गरेको धारणा सार्वजनिक गरेपनि त्यसका बारेमा चीनले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । चीनको मौनताले गत सप्ताहान्तमा भएको सहमतिमा आशंका उत्पन्न गराएको छ ।

बुधबार चीनको बाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सहमति भएका विषयलाई चीनले तत्काल कार्यान्वयन गर्नेछ, र यो कार्य जति छिटो भयो त्यति राम्रो हुनेछ ।” तथापी मन्त्रालयको विज्ञप्तिमा सहमति भएका विषयहरु खुलाइएको छैन ।

सम्बन्धित समाचार

हुवावेकी वित्तीय प्रमुखमाथि अमानवीय व्यवहार भएको चीनको दाबी

बेइजिङ। चीनले भीमकाय दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुख मेङ वान्झाउमाथि क्यानाडाले अमानवीय व्यवहार गरेको भन्दै कडा शब्दमा निन्दा र आलोचना गरेको छ । अमेरिकी आग्रहमा क्यानाडामा पक्राउ परेकी मेङलाई अमेरिका

हुवावेका वित्तीय प्रमुख मेङको पक्राउबारे क्यानाडालाई चीनको चेतवानी 

बेइजिङ, चीन। हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश मन्त्रालयमा बोलाई समस्याबारे सोधपुछ गरेको चिनियाँ अधिकारीले बताएका

राष्ट्रपति भण्डारीसँग चीनकी राजदूत होंगको बिदाई भेट

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चीनियाँ राजदुत यू होंगले बिदाई भेट गरेकी छन्।  भेटका अवसरमा राष्ट्रपति भण्डारी र राजदुत होंगबीच जनवादी गणतन्त्र चीन  र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र

हुवावेकी उच्च अधिकारी क्यानडामा पक्राउ, चीनको विरोध

क्यानडा । चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानाडाका अधिकारीहरुले बताएका


z