• २०८१ बैशाख ८ शनिबार

युट्युबका ७ वर्षीय स्टार जसले वर्षमा साढे २ अर्ब आम्दानी गर्छन् ! 

kharibot

सुन्दा अचम्म लाग्नसक्छ तर यी त्यस्ता बालक हुन् जसले १ वर्षमा १७.३ मिलियन पाउण्ड अर्थात् नेपाली झण्डै साढे २ अर्ब रुपैयाँ आम्दानी गर्छन् । ७ वर्षका अमेरिकी बालकको नाम हो रायन । हो उनले युट्युबमा वर्षमा उक्त परिमाणको रकम आर्जन गर्छन् । सोही कारण चर्चित पत्रिका फोब्र्सको सूचीमा उनी पहिलो नम्बरका युट्युबस्टारमा गनिएका छन् । 

रायनले रायन टोयज रिभ्यु युट्युब च्यानलबाट १ वर्षको अवधिमा अनलाइन रिभ्यु गरेरै उक्त रकम आर्जन गरेका हुन् । उनले २०१५ मा च्यानल खोलेका थिए । उनीसँग १७ मिलियन फलोअर (अनुयायी) छन् भने २६ बिलियन भ्युज मात्रै छन् । 

उनले बजारमा उपलब्ध बच्चाहरुका खेलौनाहरुको रिभ्यु दिने गर्दछन।  उनको रिभ्यु हेरेपछि बच्चाहरुले सो खेलौना किन्ने गरेको र उनको भिडियो करोडौले हेर्ने गरेका छन्।  रियानले ३  नै खेलौनाको रिभ्यु सुरु गरेको र उनले खेलौनाका स-साना विषय पनि भनिदिने हुनाले अन्य बच्चाहरुलाई खेलेऔन किन्न सजिलो भएको बताइएको छ।  उनले युट्युबमा ६ वटा च्यानलबाट आफ्नो भिडियो अपलोड गर्ने गरेका छन्। 

फोब्र्सको दोस्रो आर्जनकर्ताको सूचीमा जेक पल रहेका छन् जसले १६.८ मिलियन पाउण्ड आर्जन गर्छन् । उनका र्याप र जोकहरु ३.५ बिलियन पटक हेरिएका छन्, त्यो पनि १२ महिनाको अवधिमा मात्रै । 

त्यस्तै स्पोर्टस इन्टरटेनमेन्ट ग्रुप ड्युडले १५.३ मिलियन तथा ड्यानियल मिडल्टन चौँथो स्थानमा रहेका छन् । उनले १४.५ मिलियन पाउण्ड आर्जन गर्छन् । त्यस्तै मेकअप आर्टिस्ट जेफ्रे स्टार पाँचौ स्थानमा छन् भने उनको आम्दानी १४.१ मिलियन पाउण्ड रहेको छ । 

फोब्र्सका अनुसार रायनको च्यानलमा खासगरी भिडियो सुरु हुनुअघि नै आउने विज्ञापनबाट धेरै पैसा जम्मा हुने गरेको छ भने बाँकी पैसा स्पोन्सर पोष्टहरुबाट पनि आउँछ । उनको च्यानलले प्रि रोल एडहरुलाई फोकस गर्ने गरेको छ । 

उक्त च्यानल रायनको परिवारले सेटअप गरेको थियो । आम्दानीको १५ प्रतिशत भने विशेष खातामा राखिने गरेको छ । उनी एडल्ट (किशोर) उमेरमा प्रवेश नगरेसम्मका लागि उक्त परिमाणमा पैसा जम्मा गरिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै