Skip This

राष्ट्रिय वाणिज्य बैंकको बिजनेस समिट 

खरीबोट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको व्यवसाय वृद्धिका लागि रणनीति तय गर्न कर्जा लगानीको दृष्टिकोणले बढि कर्जा लगानी भएका ४८ शाखा कार्यालयका प्रवन्धकहरु सम्मिलित बिजनेस समिट २०७५ चितवनको सौराहमा सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रतिस्पर्धी बैंकिङ्ग बजारमा बैंकको निक्षेप, कर्जा, इ–बैंकिङ्ग, गैरकोषमा आधारित व्यवसाय वृद्धिका लागि व्यापक रुपमा छलफल भई रणनीति तय गरिएको थियो । 

कार्यक्रमको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्घाटन गर्दै बजारमा राष्ट्रिय वाणिज्य बैंकको व्यवसाय, नेटवर्थ, कार्यसंजाल ठूलो भएको हुंदा रावा बैंकले नै मार्केटलाई डोर्याउनुपर्ने दायित्व रहेकाले व्यवसाय वृद्धि गर्न शाखा प्रवन्धकहरुलाई निर्देशन दिए ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, नायव महाप्रवन्धकहरु केशवप्रसाद लम्साल, टेकराज जोशी, विभागीय प्रमुखहरु, क्षेत्रीय प्रवन्धकहरु लगायतको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७४ जिल्लामा २०८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकको १ खर्व ७५ अर्ब रुपैंया निक्षेप संकलन र १ खर्व २४ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ । 

सम्बन्धित समाचार

राष्ट्रिय वाणिज्य बैंकको बिजनेस समिट 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको व्यवसाय वृद्धिका लागि रणनीति तय गर्न कर्जा लगानीको दृष्टिकोणले बढि कर्जा लगानी भएका ४८ शाखा कार्यालयका प्रवन्धकहरु सम्मिलित बिजनेस समिट २०७५ चितवनको सौराहमा सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको नाफा एक अर्ब १२ करोड

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो तीन महीनामा राष्ट्रिय वाणिज्य बैंकले रु एक अर्ब १२ करोड मुनाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासको विवरण सार्वजनिक गर्ने ‘क’ वर्गका वाणिज्य बैंकमध्ये

राष्ट्रिय वाणिज्य बैंकमा नौ प्रतिशत ब्याजदरमा नयाँ गाडी कर्जा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्व उत्सव योजनाअन्तर्गत नौ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनको लागि नयाँ गाडी कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ । गाडीको कोटेशनमा अंकित मूल्यको बढीमा ६५ प्रतिशत

रामेछापमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा

काठमाडौं । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा न. ८ रामेछाप बजार स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको एक समारोहका बीच एटीएम सेवाको शुभारम्भ गरिएको छ । यो समेत बैंकको एटीएमको संख्या


z